स्नेहाज केयर : कुकुरप्रेमको एउटा मार्मिक कहानी | Khabarhub Khabarhub

स्नेहाज केयर : कुकुरप्रेमको एउटा मार्मिक कहानी


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानिसहरूले घरमा कुकुर किन पाल्छन् ! पहिलो, घरको सुरक्षाको लागि । घरमा कुकुर भएपछि घरको सुरक्षा हुन्छ भन्ने धारणा रहेको छ । अपरिचत व्यक्तिको प्रवेशमा कुकुर भुक्ने भएकाले अग्रिम सूचित हुने अवसर हुन्छ ।

दोस्रो, कुकुर मानिसहरूले सोखका लागि पाल्ने गर्छन् । यस्तो प्रचलन ग्रमीण क्षेत्रमा भन्दा शहर बजारमा धेरै छ । जर्मन सेफर्ड, स्पिज साइबेरियन, हक्सी आदि जातका कुकुर निकै महँगो मूल्यमा कुकुर किनेर पाल्नेहरू धेरै छन् ।

शहरी क्षेत्रमा विभिन्न जातका निकै सानादेखि निकै ठूला आकारका कुकुर पाल्ने चलन छ । ठूलो आकारका कुकुर पालनमा सोखसँगै सुरक्षाको दृष्टिकोण हुन्छ । साना कुकुर पाल्नुमा चाहिँ सोख नै बढी पाइन्छ ।

घरमा पालिएका कुकुरको हेरचाह राम्रै हुने भए पनि सडकमा हुने कुकुर अनेक समस्यामा परेका हुन्छन् । घरबाटै पनि कतिपय अवस्थामा सडकमा पुग्छन् र बेवारिसे बन्छन् ।

निकै धेरै मायासँगै निकै हेलामा पर्ने जनावर पनि कुकुर नै हो । हेलामा परेका कुकुरको हेरचार कसले गर्छ ?

यसको पनि जवाफ छ । समाजमा यस्ता दयालु मानिसहरू पनि छन् जो हेपिएका यस्तै जनावरहरूलाई आश्रय दिन्छन् र संरक्षण गर्छन् ।

यिनैमध्येकी एक हुन् स्नेहा श्रेष्ठ । स्नेहा स्नेहाज केयरमार्फत सोच्दै नसोचेको काममा लागिन् ।

स्नेहाज केयर कथा

स्नेहाले भोगेको एउटा घटनाले उनलाई कुकुरप्रेमी बनायो, कुकुरप्रति उनको स्नेह जाग्यो । त्यसपछि कुकुरको सेवा नै उनको जीवन बन्यो ।

कुरा हो सन् २०१४ तिरको । ललितपुरस्थित उनको घरमा एउटा कुकुर थियो । त्यसको नाम राखिएको थियो– जारा ।

उनी हरेक दिन बिहान जारालाई लिएर मर्निङ वाकमा निस्कन्थिन् । दिउँसो कार्यालयको काममा व्यस्त हुन्थिन् । बेलुका घर फर्किएपछि जारासँग केही समय बिताउँथिन् ।

जाराका विरुद्ध छिमेकीहरू रिस गर्थे । कुकुर न हो, आफ्नो प्राकृतिक स्वभावअनुसार कहिलेकाहीँ निकै चर्को भुक्थ्यो । कुकुर भुकेको छिमेकीले रुचाउँदैन थिए । एकदिन अचानक जारा मर्‍यो । पछि थाहा भयो, कुनै छिमेकीले विष दिएका रहेछन् ।

स्नेहालाई आफ्नो घरको एक सदस्य गुमाए बराबरको पीडा भयो । त्यस दिन उनी धेरै दुःखी भइन् । ‘जाराको त्यति धेरै याद पहिले आउँदैन थियो, जति उसको मृत्युपछि आउन थाल्यो,’ उनले खबरहबसँग भनिन्, ‘झण्डै एक महिना त म डिप्रेसनमै पुगेँ ।’

ओहो ! कुकुरप्रति यति धेरै प्रेम !

जाराको मृत्युपछि स्नेहाले अफिसको काम छोडिन् ।

स्नेहा सोच्थिन्, ‘घरभित्रको कुकुरलाई त विष खुवाएर मारिदिन्छन् भने बाहिरका कुकुर कति सुरक्षित छन् त ?’

त्यसपछि स्नेहाको मन फेरियो, मनसँगै दिनचार्य पनि फेरियो । उनी हरेक दिन बिस्कुट र अन्य खानेकुरा लिएर गाडीमा हिँड्न थालिन् । खानेकुरा खुवाउने क्रममा सडकमा घाइते कुकुरहरू भेटिन् । सडकमा हुने कुकुरका अनेक समस्या देखिन् ।

यही क्रममा उनलाई खानेकुरामात्र दिएर हुँदैन, यस्ता धेरै कुकुरलाई उपचारको आवश्यकता छ भन्ने लाग्यो । यसपछि उनले यस्ता कुकुर निजी क्लिनिकमा लैँजादै उपचार गराउन थालिन् ।

उपचार गराएपछि के गर्ने ! अर्को द्विविधा जन्मियो । सडकमा छाड्यो, फेरि जस्ताको तस्तै, पीडा उही ।

उपचारपछि ती कुकुर सडकमा छोड्न उनको मन मानेन । घरमा पनि राख्ने ठाउँ थिएन । त्यसपछि उनले कुनै क्यानल क्लबमा प्रतिकुकुर प्रतिदिन २५० रुपैयाँ तिर्ने गरी ५० वटा कुकुर राखिन् ।

यसरी खर्च धान्न कठिन हुन्थ्यो, यो त एउटा अस्थायी उपायमात्रै थियो । उनले एउटा टिम बनाएर काम गर्ने सोच बनाइन् । सन् २०१५ मा उनले ‘स्नेहाज केयर’ नाम राखेर एउटा संस्था दर्ता गराइन् ।

यसपछि काठमाडौँको पश्चिम क्षेत्र चोभारमा जग्गा भाडामा लिइन् र सेल्टर बनाएर बेवारिसे कुकुरलाई संस्थागतरूपमा सहारा दिन थालिन् ।

‘हरेक क्षेत्रमा केही काम गर्न कसैले प्रेरित गरेको हुन्छ’ उनी भन्छिन्, ‘मलाई जाराले प्रेरित गरायो ।’

अहिले स्नेहाज केयरको सेल्टरमा १७० वटा कुकुर छन्, स्नेहाको घरमा ११ वटा छन् । यी कुकुरको हेरचाहका लागि २० जना सहयोगी कर्मचारी छन् ।

यीमध्ये १४ वटा कुकुर पक्षघातका रोगी छन् । तिनलाई ह्विचियर दिइएको छ । एउटा कुकुर ६ वर्ष भयो ह्विलचिरयरमा बसेको, उसलाई अन्य समस्या छैन ।

स्नेहा भन्छिन्, ‘निकै महँगो दाम हालेर कुकुर किन्छन् तर बिरामी भएपछि सडकमा फ्ँयाक्छन्, त्यस्ता कुकुरलाई हामीले आश्रय दिएका छौँ ।’

कुकुरको सामान्य उपचारमा स्नेहाज केयरमा मासिक ३० हजार रुपैयाँभन्दा बढी खर्च छ ।

शहरका गल्लीहरूमा रातिको समय कुकुरको भुकाइ निकै सुनिन्छ । धेरैले राति कुकुर भुक्दा कुनै घटना भएको संकेतका रूपमा बुझ्छन् ।

स्नेहाका अनुभव निकै फरक छ । सडकमा राति जति पनि कुकुर भुक्छन्, भोकको कारणले हो । उनी भन्छिन्, ‘दिउँसोभरि खानेकुरा खोज्न भौँतारिन्छन्, नपाएपछि भोकोपेट सुत्छन्, अँध्यारो भएपछि कराउँछन्, रुन थाल्छन् तर मानिसले यो कुरा बुझेको हुँदैन ।’

स्नेहाको अनुभवअनुसार कुकुरको भाषा बुझ्न निकै कठिन हुन्छ । उसले भन्न खोजेको कुरा बुझ्नु निकै महत्वपूर्ण पनि हुन्छ । भनेको नबुझी उसको समस्या थाहा हुँदैन र हेरचाह पनि सम्भव हुँदैन ।

यो पाँच–सात वर्षको अनुभवले स्नेहालाई कुकरको मर्म बुझ्ने बनाएको छ । उनको विचारमा प्राणीलाई मनदेखि माया गर्ने मानिसले तिनको पीडा पनि बुझ्छ ।

स्नेहाका अनुसार जसले जुन प्राणी पालेको छ, उसप्रति पालक पूर्णरूपमा जिम्मेवार हुनुपर्छ, छोराछोरीप्रति जत्तिकै ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ३ : ५४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०