न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ « Khabarhub

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय अवस्थामा कार्यसम्पादनमा समस्या हुने गरेको गुनासा रहेको बताएका छन् ।

आज यहाँ मुख्य न्यायाधिवक्ताको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उनले छिटोछरितो न्यायसम्पादनको अवस्था बनाउनुपर्नेमा जोड दिए । 

प्रदेश प्रमुख मियाँले सीमित स्रोतसाधनकाबीच पनि कार्यसम्पादन भइरहेकामा प्रशंसा गर्दै मुख्य न्यायाधिवक्तासहित सम्पूर्ण टोलीलाई अझै उच्च मनोबलसहित काम गर्न सुझाव दिए ।

मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले आर्थिक वर्ष २०८१-०८२ को प्रतिवेदन हस्तान्तरण गर्दै कार्यसम्पादनको अवस्थाबारे जानकारी गराएका थिए । 

उनले सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा गरेका बहस पैरवी, जिल्लाका विद्यार्थीलाई दिइएको कानुनी साक्षरता र सचेतना, कारागार अनुगमन, अन्य प्रदेशबाट सिकिएका असल अभ्यास तथा स्थानीय तहका न्यायिक समितिलाई गरिएको प्रशिक्षण एवं अन्तरक्रियाबारे जानकारी गराए। 

मुख्य न्यायाधिवक्ता जोशीले प्रतिवेदनमार्फत आठबुँदे सुझाव पनि दिएकाले तिनको कार्यान्वयनमा सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 

प्रदेश प्रमुख मियाँले उक्त प्रतिवेदन यथाशीघ्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेशसभामा पठाइने र त्यसमा विस्तृत छलफल भई सुझाव सम्बोधन हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ६ : २१ बजे

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई तत्काल रिहा गरियोस्

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको 

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ