यसकारण राजेश हमालले गाउन छोडे | Khabarhub Khabarhub

यसकारण राजेश हमालले गाउन छोडे


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली फिल्ममा ३० वर्ष बढी बिताइसकेका अभिनेता राजेश हमाल अभिनयमा पोख्त छन् भनेर भनिरहनु नपर्ला । झण्डै तीन सयको हाराहारीमा फिल्ममा अभिनय गरिसकेका अभिनेता हमाल विद्यालयमा पढ्दा गीत पनि गाउँथे । उनकै भनाईमा कक्षा ६ सम्म पढ्दाताका उनी विद्यालयमा गीत गाउँथे ।

‘विद्यालयमा संगीतको कक्षा हुँदा म अगाडिको सिटमा बस्थें । त्यो बेला सर, मिसहरुले मलाई गीत गाउनका लागि भन्नुहुन्थ्यो र म गीत गाउँथे’ हमालले गाएको गीत ‘मन बुढो भएन’को सार्वजनिकीकरण कार्यक्रममा हमालले भने,‘मैले कक्षा ५, ६ मा पढ्दा राम्रै गीत गाउँथे । तर त्यसपछि के कारणले हो गीत गाउनै सकिएन ।’

हमालको बुझाईमा उमेर बढ्दै गएपछि स्वरमा भएको परिवर्तनले उनलाई गीत गाउन समस्या भयो । ‘मलाई लाग्छ, उमेर बढ्दै गएपछि मेरो स्वर पनि छिप्पिदै गयो । जसकारण गीत गाउन केही समस्या भयो’, उनले भने ।

अभिनेता हमालले ‘मन बुढो भएन’ गीत अघि फिल्म ‘हामी तीन भाई’मा सुरुवाती गीत गाएका थिए । त्यसपछि उनले राजेशपायल राईको एक गीतमा स्वर पनि दिएका थिए ।

अभिनेता हमालले स्टुडियोमा गएर गीत गाउदा कस्तो हुँदो रहेछ भन्ने अनुभव जान्नका लागि पनि आफूले ‘मन बुढो भएन’ गीत गाएको खुलाए । ‘यो गीत स्वरमा मेरो पहिलो प्रयास हो । घरमा निकै अभ्यास गरेपछि गीत गाउन सकें’, हमालले भने ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : ०४ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’