‘बागबान’ लेखक शफीकको निधन « Khabarhub

‘बागबान’ लेखक शफीकको निधन


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडका प्रख्यात स्क्रिप्ट लेखक शफीक अन्सारीको बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।

उनका छोरा मोहसिन अन्सारीले पिताको निधनको पुष्टि गरेका छन् । उनको शवलाई बुधबार नै मुम्बईको ओशिवारा कब्रिस्तानमा अन्त्येष्टि गरिएको छ ।

शफीकले सन् १९७४ मा स्क्रिप्ट लेखनको करियर सुरुवात गरेका थिए । उनले त्यो समयमा फिल्म ‘दोस्त’को स्क्रिप्ट लेखेका थिए । यो फिल्ममा धर्मेन्द्र र शत्रुघ्न सिन्हा प्रमुख भूमिकामा थिए ।

त्यसपछि उनले सन् १९९० मा रिलिज फिल्म ‘दिलका हीरा’ र ‘इज्जतदार’को स्क्रिप्ट लेखे । फिल्म ‘दिलका हिरा’ धर्मेन्द्र र हेमा मालिनी र ‘इज्जतदार’मा दिलीप कुमार, गोविन्दा र माधुरी दिक्षितको अभिनय थियो ।

उनले मिथुन चक्रवर्ती र दक्षिण भारतीय अभिनेत्री गौतमीको फिल्म ‘प्यार हुआ चोरी चोरी’को पनि स्क्रिप्ट लेखेका थिए ।

आफ्नो करियरमा शफीकले निर्माता बीआर चोपडासँग मिलेर काम गरे । उनले सन् २००३ मा अमिताभ बच्चन, हेमा मालिनी र सलमान खान अभिनित फिल्म ‘बागबान’को संवाद र स्क्रिप्ट लेखेका थिए । यो फिल्म वर्षको सर्वाधिक हिट फिल्म साबित भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : ५० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति