‘बागबान’ लेखक शफीकको निधन « Khabarhub

‘बागबान’ लेखक शफीकको निधन


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडका प्रख्यात स्क्रिप्ट लेखक शफीक अन्सारीको बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।

उनका छोरा मोहसिन अन्सारीले पिताको निधनको पुष्टि गरेका छन् । उनको शवलाई बुधबार नै मुम्बईको ओशिवारा कब्रिस्तानमा अन्त्येष्टि गरिएको छ ।

शफीकले सन् १९७४ मा स्क्रिप्ट लेखनको करियर सुरुवात गरेका थिए । उनले त्यो समयमा फिल्म ‘दोस्त’को स्क्रिप्ट लेखेका थिए । यो फिल्ममा धर्मेन्द्र र शत्रुघ्न सिन्हा प्रमुख भूमिकामा थिए ।

त्यसपछि उनले सन् १९९० मा रिलिज फिल्म ‘दिलका हीरा’ र ‘इज्जतदार’को स्क्रिप्ट लेखे । फिल्म ‘दिलका हिरा’ धर्मेन्द्र र हेमा मालिनी र ‘इज्जतदार’मा दिलीप कुमार, गोविन्दा र माधुरी दिक्षितको अभिनय थियो ।

उनले मिथुन चक्रवर्ती र दक्षिण भारतीय अभिनेत्री गौतमीको फिल्म ‘प्यार हुआ चोरी चोरी’को पनि स्क्रिप्ट लेखेका थिए ।

आफ्नो करियरमा शफीकले निर्माता बीआर चोपडासँग मिलेर काम गरे । उनले सन् २००३ मा अमिताभ बच्चन, हेमा मालिनी र सलमान खान अभिनित फिल्म ‘बागबान’को संवाद र स्क्रिप्ट लेखेका थिए । यो फिल्म वर्षको सर्वाधिक हिट फिल्म साबित भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : ५० बजे

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

चितवन- प्रहरीले ६ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई

शिवपुरी निकुञ्जमा थरिथरिका पुतली (तस्बिर)

काठमाडौँ– काठमाडौँसहित चार जिल्लामा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा थरिथरिका

कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष

प्रधानमन्त्रीज्यू ! मौनता त्याग्नुस्, देश सून्न चाहन्छ

प्रधानमन्त्री बालेन्द्र शाह देश तपाईँलाई सुन्न चाहन्छ । तपाईंका सामाजिक

च्याम्पियन्स लिग : भिल्लारियलमाथि पीएसजीको सानदार जित

काठमाडौँ– च्याम्पियन्स लिग फुटलबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले गोलको वर्षा