‘बागबान’ लेखक शफीकको निधन « Khabarhub

‘बागबान’ लेखक शफीकको निधन


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडका प्रख्यात स्क्रिप्ट लेखक शफीक अन्सारीको बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।

उनका छोरा मोहसिन अन्सारीले पिताको निधनको पुष्टि गरेका छन् । उनको शवलाई बुधबार नै मुम्बईको ओशिवारा कब्रिस्तानमा अन्त्येष्टि गरिएको छ ।

शफीकले सन् १९७४ मा स्क्रिप्ट लेखनको करियर सुरुवात गरेका थिए । उनले त्यो समयमा फिल्म ‘दोस्त’को स्क्रिप्ट लेखेका थिए । यो फिल्ममा धर्मेन्द्र र शत्रुघ्न सिन्हा प्रमुख भूमिकामा थिए ।

त्यसपछि उनले सन् १९९० मा रिलिज फिल्म ‘दिलका हीरा’ र ‘इज्जतदार’को स्क्रिप्ट लेखे । फिल्म ‘दिलका हिरा’ धर्मेन्द्र र हेमा मालिनी र ‘इज्जतदार’मा दिलीप कुमार, गोविन्दा र माधुरी दिक्षितको अभिनय थियो ।

उनले मिथुन चक्रवर्ती र दक्षिण भारतीय अभिनेत्री गौतमीको फिल्म ‘प्यार हुआ चोरी चोरी’को पनि स्क्रिप्ट लेखेका थिए ।

आफ्नो करियरमा शफीकले निर्माता बीआर चोपडासँग मिलेर काम गरे । उनले सन् २००३ मा अमिताभ बच्चन, हेमा मालिनी र सलमान खान अभिनित फिल्म ‘बागबान’को संवाद र स्क्रिप्ट लेखेका थिए । यो फिल्म वर्षको सर्वाधिक हिट फिल्म साबित भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : ५० बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा