कर्णालीका मुख्यमन्त्रीको प्रतिवद्धता : राम्रा कामको जस कर्मचारीलाई नराम्रो कामको दोष मलाई « Khabarhub

कर्णालीका मुख्यमन्त्रीको प्रतिवद्धता : राम्रा कामको जस कर्मचारीलाई नराम्रो कामको दोष मलाई


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवहरूसँग प्रदेश सरकारका काम कारबाहीका विषयमा छलफल गरेका छन् ।

सो क्रममा मुख्यमन्त्री शाहीले जनतालाई परिवर्तनको अनुभूति दिने गरेर काम गर्न सचिवहरूलाई निर्देशन दिएका छन् ।

उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली विकासका दृष्टिकोणले धेरै पछाडि रहेकाले अरू प्रदेश हिँड्दा कर्णाली दौडनुपर्ने अवस्था रहेको बताए ।

मुख्यमन्त्री शाहीले कर्णालीको भूगोल अत्यन्तै जटिल भएकाले भूगोलअनुसार कार्यक्रम सन्चालन गर्न सचिवहरूलाई निर्देशन दिए । उनले भएका राम्रा कामहरूको जस कर्मचारीहरूलाई र नराम्रो भएको खण्डमा त्यसको अपजस आफूले लिने बताए ।

पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च तीन दशमलव ७५ मात्र रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च बढाउने गरेर काम गर्न पनि निर्देशन दिए । उनले कर्णालीमा कार्यरत रहँदासम्म कर्मचारीहरूलाई प्रदेश सरकारबाट पूर्ण सहयोग रहने बताउँदै कर्णालीमा रहँदासम्म आफ्नो घर सम्झेर काम गर्न आग्रह गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ११ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६