गृहमन्त्रीसमक्ष ढुङ्गाडवासीको माग : पुनर्वास गर्दिनुपर्‍यो « Khabarhub

गृहमन्त्रीसमक्ष ढुङ्गाडवासीको माग : पुनर्वास गर्दिनुपर्‍यो


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बैतडीको ढुङ्गाड पुगेका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँडलाई बाढीपहिरो पीडितहरूले ज्ञापनपत्र बुझाएका छन् । बुधबार दिउँसो ढुंगाड पुगेका गृहमन्त्रीलाई सेती बाढीपीडितहरूले पुनर्वासको व्यवस्था मिलाउन माग गरेका छन् ।

जवाफमा गृहमन्त्री खाँडले बाढी प्रभावित समुदायको सहयोगका लागि सरकारले विशेष व्यवस्था गर्ने वचन दिएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए । गृहमन्त्रीले पीडितहरूलाई सम्बोधन गर्दै भने ‘यो क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षतिका बिषयमा स्थलगत जानकारी भएको छ । पुनर्स्थापना लागि विशेष राहत कोष बनाएर सरकारले कामअघि बढाउँछ ।’ गृहमन्त्रीले प्रभावित क्षेत्रका नागरिकहरूका लागि छिट्टै राहत प्याकेज घोषणा गर्ने समेत बताए ।

यस्तै, ढुंगाडवासीले पश्चिमसेती जलविद्युत आयोजनाको काम समेत अघि बढाउन आग्रह गरेका छन् । सोही योजनाका रोकिँदा ढुंगाड क्षेत्रमा विकास नभएको बारे गृहमन्त्रीको ध्यानाकर्षण गराएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए ।

कात्तिक पहिलो साता परेको अविरल बर्षाले बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडमा व्यापक क्षति पुर्याएको थियो । सेती नदीको बाढीले खेत बगाउँदा स्थानीयहरुलाई निकै समस्या भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : १७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या