चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण « Khabarhub

चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरिन् ।

मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताए । “हामीले चीनबाट पाउँदै आएको सहायताको निरन्तरताअन्तर्गत अहिलेको परिस्थितिमा १६ लाख मात्रा खोप अनुदान स्वरुप प्राप्त गरेका छौैँ”, उनले भने, “यस वर्षभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप लगाई सक्ने लक्ष्यअनुरुप नेपालले कार्य गरिरहँदा चीन सरकारबाट प्राप्त सहयोग तथा सहजीकरण अत्यन्तै सहयोग हुने छ ।” मन्त्री खतिवडाले कोभिड–१९ को सुरुआती अवस्थादेखि चीन सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएकोमा धन्यवादसमेत व्यक्त गरे।

नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीनले उपलब्ध गराएको खोपले नेपालको खोप अभियानमा सहयोग पुग्ने बताइन् । उनले महामारीको विरुद्धमा एक देशले अर्को देशलाई एक आपसमा रेखदेख र सहयोगले दुई देशबीच थप मित्रता अझ प्रगाढ हुने टिप्पणी गरिन् । उनले चिनियाँ सेनाले नेपाली सेनालाई तीन लाख मात्रा खोप उपलब्ध गराउनेसमेत जानकारी दिइन् । उक्त तीन लाख मात्रा खोप शुक्रबार नेपाल आइपुग्ने छ । यस्तै नेपाललाई थप ३० लाख मात्रा खोप अनुदान उपलब्ध गराउने बारेमा पनि छलफल भइरहेको उनको भनाइ रहेको छ ।

चीनबाट हालसम्म एक करोड ५९ लाख मात्र खोप नेपाल आइसकेको र त्यसमध्ये ३४ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए । उनले एसियाली विकास बैंकको लगानीमा खरिद गरिएको ५९ लाख मात्रामध्ये १० लाख २० हजार मात्रा नेपाल आइसकेको र बाँकी मात्रा आउने प्रक्रियामा रहेको बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : ३० बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान