इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो | Khabarhub Khabarhub

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बुधबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा रु ४४० वृद्धि गरिएको जनाएको छ ।

यसरी वृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु ४४० बढेको छ । यो गन्तव्यमा साविकमा तीन हजार ८०० रहेकोमा बढेको भाडादर रु चार हजार छोटो गन्तव्य २४० कायम भएको छ । काठमाडौँ–सिमरामा सबैभन्दा कम रु ९५ वृद्धि भएको छ । यो गन्तव्यमा पनि साविकमा ७७० रहेकामा बढेर ८६५ कायम भएको छ ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा ११.६ प्रतिशत (१० रुपैयाँ प्रतिलिटर) बढाएको थियो । सोहीअनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । सङ्घका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ । हवाई इन्धनको मूल्य रु ८६ प्रतिलिटरबाट बढेर रु ९६ प्रतिलिटर पुगेको छ । पर्वतीय उडानमा पनि रु ३४५ भाडा वृद्धि भएको छ ।

हवाई यात्रुले अब काठमाडौँबाट भद्रपुरमा रु ३००, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ इन्धन चार्ज बढी तिर्नुपर्नेछ । तुम्लिङटारमा १८५, राजविराजमा २०५, नेपालगञ्जमा ३३० बढी भाडा तिर्नुपर्नेछ ।

पोखरा–भरतपुरमा ११०, पोखरा–भैरहवामा १३०, पोखरा–सिमरामा २२०, पोखरा–नेपालगञ्जमा २३५, पोखरा–विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब रु ३१५ बढी लाग्ने छ । विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । त्यस्तै भरतपुर–भैरहवा रुटमा रु १३५ भाडादर बढेको छ ।

प्राधिकरणले मङ्गलबारदेखि लागू हुने गरी अनुमोदन गरेको र सोहीअनुरुप बढेको इन्धन चार्ज सबै एयरलाइन्सलाई पठाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : ४६ बजे

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो