प्रधानमन्त्री देउवाले स्कटल्याण्डको नेपाली गार्डेनमा रोपे भोजपत्रको बिरुवा | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाले स्कटल्याण्डको नेपाली गार्डेनमा रोपे भोजपत्रको बिरुवा


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इडनवर्ग– प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य (बेलायत) को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्कँदै छन् ।

यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका थिए । प्रधानमन्त्री नेतृत्वको टोली बुधबार स्थानीय समय दिउँसो १.५५ बजे इडनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै विहीबार बिहान काडमाडौँ आइपुग्नेछ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उनी बाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदै छन् ।

स्वदेश फर्कनुअघि बुधबार प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा रोपेका थिए ।

पाँचौँपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए । त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो ।

धानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वर्ल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : ०५ बजे

चतरा मालमेनेजरी गुठीको १६ सय बिघा जग्गा कहाँ छ ? पर्व चलाउनै धौधौ

काठमाडौं– कोशी नदी पहिले पूर्वामिमुखी भएर बग्दथिन् । प्राचीन कालको

काठमाडौंको तारकेस्वरस्थित पिपलडाँडामा एक महिला झुण्डिएको अवस्थामा फेला

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–८ पिपलडाँडा खेल मैदानको बारमा एक महिला

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड (तस्बिरहरू) 

काठमाडौं– आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका

कर्णालीमा अझै ५० ठाउँमा तुइन

सुर्खेत– तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको

भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको कमब्याक

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा