राणा कार्यपालिकामा भाग माग्ने व्यक्ति हुन्, तत्काल राजीनामा दिनुपर्छ : शेखर कोइराला « Khabarhub

राणा कार्यपालिकामा भाग माग्ने व्यक्ति हुन्, तत्काल राजीनामा दिनुपर्छ : शेखर कोइराला


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले राणाले तोकेको इजलास स्वीकार गर्दै राजीनामा मागिरहेका छन् भने नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेको छ ।

यस्तो अवस्थामा सत्तारुढ दलका प्रभावशाली नेता कोइरालाले राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् । बुधबार बुटवलमा गुल्मी–रुपन्देही सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य डा कोइरालाले राणा कार्यपालिकामा भाग माग्ने व्यक्ति भएको भन्दै उनले राजीनामा दिनुपर्ने बताए ।

कोइरालाले राणालाई कार्यपालिकामा भागबण्डा गर्न दिने पक्ष पनि उत्तिकै दोषी भएको बताए । ‘जबरा कार्यपालिकामा भागबण्डा खोज्ने व्यक्ति हुन् । यसमा भाग लिने पक्ष मात्रै हैन भाग दिने पक्ष पनि उत्तीकै दोषी छ ।’

न्यायालयमा अहिले संकट आएको बेला कांग्रेस चुप लाग्न नमिल्ने उनको भनाइ छ । यो विषयमा कांग्रेसले बोल्नुपर्ने उनले बताए । उनले भने, ‘काँग्रेसले यसमा बोल्नु पर्दैन ?, के हामी काँग्रेस भएकै कारण चुप लागेर बसेका हौ ?’

पार्टी महाधिवेशनको प्रसंगमा बोल्दै डा. कोइराालले सभापति शेरबहादुर देउवाले महाधिवेशन आफू अनुकुल बनाउनु ब्यूरोक्रेट्सको प्रयोग गरिरहेको दाबी गरे । उनले महाधिवेशन तोकिएको समयमा निष्पक्ष रुपबाट हुनुपर्ने बताए ।

अर्को प्रसंगमा बोल्दै डा. कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने बताए । उनले कांग्रेस एक्लै चुनावमा जानुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : ४८ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान