ओलीद्वारा महाधिवेशन स्थलको निरीक्षण « Khabarhub

ओलीद्वारा महाधिवेशन स्थलको निरीक्षण


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औँ महाधिवेशन उद्घाटन हुने चितवनस्थित नारायणी नदी किनाराको निरीक्षण गरेका छन् । विगत दुई दिनयता चितवनमा रहेका ओलीले जिल्ला नेतासहित महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गरेका हुन् । नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गरेको नेकपा एमाले चितवनले जनाएको छ ।

सो क्रममा नेकपा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, प्रदेश सदस्य कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायतले यहाँको बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तर तर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने बताएका थिए ।

नदी किनारामा ५ लाख मानिस अटाउने जानकारी अध्यक्ष ओलीलाई दिइएको थियो । महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनको उद्घाटन नारायणी किनारामा र बन्दसत्र सौराहमा गर्ने यसअघि नै तय भइसकेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ११ : ०६ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा