ओलीद्वारा महाधिवेशन स्थलको निरीक्षण « Khabarhub

ओलीद्वारा महाधिवेशन स्थलको निरीक्षण


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औँ महाधिवेशन उद्घाटन हुने चितवनस्थित नारायणी नदी किनाराको निरीक्षण गरेका छन् । विगत दुई दिनयता चितवनमा रहेका ओलीले जिल्ला नेतासहित महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गरेका हुन् । नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गरेको नेकपा एमाले चितवनले जनाएको छ ।

सो क्रममा नेकपा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, प्रदेश सदस्य कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायतले यहाँको बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तर तर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने बताएका थिए ।

नदी किनारामा ५ लाख मानिस अटाउने जानकारी अध्यक्ष ओलीलाई दिइएको थियो । महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनको उद्घाटन नारायणी किनारामा र बन्दसत्र सौराहमा गर्ने यसअघि नै तय भइसकेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ११ : ०६ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गैली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको