सहिद स्मारक लिग : तेस्रो चरणका खेल आजदेखि, फ्रेण्ड्स र एपीएफ भिड्दै « Khabarhub

सहिद स्मारक लिग : तेस्रो चरणका खेल आजदेखि, फ्रेण्ड्स र एपीएफ भिड्दै


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तेस्रो चरणका खेलमा पहिलो दिन दुई खेल हुने तालिका छ ।

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा ललितपुर डर्बी परेको छ । जहाँ कुपण्डोलको फ्रेण्डस् क्लब र पाटनको तीन पटक लिग च्याम्पियन थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा फ्रेण्ड्स जितविहीन छ । उसले २ खेलबाट १ अंक मात्रै जोडेको छ । थ्रीस्टारविरुद्ध फ्रेण्ड्स पहिलो जित निकाल्ने दाउमा हुनेछ । त्यसका लागि प्रकाश बुढाथोकीको कप्तानीमा रहेको फ्रेण्ड्स तयार छ ।

‘म पहिले थ्रीस्टारको प्रशिक्षक र खेलाडी दुबै हुँ । विपक्षीविरुद्ध कसरी खेल्नुपर्छ मलाई थाहा छ । थ्रीस्टार र हाम्रो स्तर एउटै हो । हामी तीन अंकको लागि खेल्छौं,’ फ्रेण्ड्स क्लबका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले भने । फ्रेण्ड्सलाई एक भारतीय खेलाडीसहित अन्य तीन विदेशी खेलाडीको साथ छ ।

थ्रीस्टार पनि छिमेकी प्रतिस्पर्धीलाई पराजित गर्दै लिगमा दोस्रो जित निकाल्ने योजनामा छ । राष्ट्रिय टोलीका नियमित दुईसहित तीन खेलाडीको साथ रहेको थ्रीस्टार उच्च मनोबलका साथ तेस्रो खेलका लागि तयार छ ।

‘कुनै पनि प्रति‍स्पर्धी कमजोर हुँदैन । हामी फ्रेण्ड्सविरुद्ध मनोबलका साथ खेल्छौं । हाम्रो लक्ष्य तीन अंक हो,’ थ्रीस्टारका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारले भने ।

विक्रम लामाको कप्तानीमा उत्रिएको थ्रीस्टार पहिलो खेलमा च्यासलविरुद्ध ३–० को जित निकाल्दा दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथसँग १–० ले स्तब्ध बनेको थियो । थ्रीस्टारलाई विदेशी गोलरक्षक सहित दुई विदेशी खेलाडीको साथ छ ।

आज नै हुने दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले विभागीय एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सातदोबाटो लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रेण्ड्स क्लबसँग बराबरीमा रोकिएको सातदोबाटोले दोस्रो खेलमा बलियो थ्रीस्टारलाई पराजित गरेको थियो ।

त्यसैले पनि मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटो उच्च मनोबलको साथ मैदान उत्रनेछ । ‘पछिल्लो जितका कारण टोलीमा मनोबल उच्च छ । ‘तयारी पूरा भएको छ । हामी एपीएपविरुद्ध खेल्ने तयार छौँ,’ सहायक प्रशिक्षक सुरज महर्जनले भने । सातदोबाटोले दुई विदेशी खेलाडी मैदान उतार्ने सम्भावना छ ।

लगातार दुबै खेलमा पराजित एपीएफ फुटबल क्लब पहिलो जितको खोजीमा छ । एपीएफ नवप्रवेशी क्लबविरुद्ध अंक खोस्ने दाउमा छ । ‘दुबै खेल हारेका छौं । दबाब छ । मनोबल उच्च बनाएर सातदोबाटोविरुद्ध जित्न खेल्छौं,’ सहायक प्रशिक्षक रत्न महर्जनले भने ।

लिगको दोस्रो चरणको समाप्तीमा लगातार दुई खेल जितेको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : १७ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख