चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण « Khabarhub

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ ।

प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका कृषि विज्ञको सहकार्यमा गरिएको हाइब्रिड धानको प्रदर्शन खेतीमा प्रतिहेक्टर ६.८६ टन उत्पादन भएको जनाइएको छ ।

चिनियाँ धान विशेषज्ञ वाङ छियानले चिनियाँ विशेषज्ञको प्राविधिक सहयोग तथा नेपाल र चीनका कृषि विज्ञको संयुक्त प्रयासमा उत्पादन हासिल भएको जानकारी दिए ।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेलले चिनियाँ विशेषज्ञले प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्दै नेपालमा धानको अनुसन्धान तथा परीक्षणमा सहयोग गरेको बताए । आठ सय दिनभन्दा बढी समयको अनुसन्धानपछि उक्त उपलब्धि हासिल भएको हो ।

छोङछिङ कृषि विज्ञान प्रतिष्ठानका उपाध्यक्ष तान पिङले दुवै देशका वैज्ञानिकबीचको सहकार्यबाट सफलता मिलेको बताए ।

सन् २०२३ को जुलाइमा छोङछिङ नगरका कम्युनिष्ट पार्टी सचिव युआन चियाजुनको चितवन भ्रमणका क्रममा ‘भविष्य उज्यालो, जीवन्त गाउँ’ कार्यक्रमअन्तर्गत दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजना सुरु गरिएको हो ।

परियोजनाअन्तर्गत धानखेती, भैँसीपालन र सागसब्जी खेतीका तीन वटा कृषि प्रविधि प्रदर्शन केन्द्र स्थापना गरिएको छ । परियोजनाले लगातार दुई वर्ष उत्पादनमा सफलता हासिल गरेको र सहभागी किसानले कतारलगायत मध्यपूर्वका देशमा सागसब्जी निर्यात हुन थालेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ८ : २६ बजे

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

रूपन्देही– नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

चितवन– चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड

इलामको पशुपतिनगरबाट अवैध सामान तथा चौपाया बरामद

इलाम– सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु

रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित

पाल्पा– निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा

उत्कृष्ट उद्यमी सम्मानित

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा