ट्वीटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशको ३५०० अकाउन्ट « Khabarhub

ट्वीटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशको ३५०० अकाउन्ट


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्वीटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाको अकाउन्ट हटाएको छ ।

सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्वीटरले ती देशहरुको अकाउन्ट हटाएको हो । ‘चीनको अल्पसंख्यक मुस्लिम समुदाय उहिगुरलाई होच्याउनेलगातयका ३५०० ट्वीट अकाउन्ट बन्द गरिएको छ’, ट्वीटरले एक प्रेस विज्ञेप्तिमा भनेको छ ।

चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको सिनजियाङ प्रान्तका उहिगुर मुसलमानको नरसंहार गरेको आरोप लाग्दै आएको छ । विज्ञहरुका अनुसार १० लाख भन्दा उहिगुरलाई विभिन्न शिविरमा राखिएको छ । उहिगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै आएको छ ।

चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना बिचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयोग गर्दै आएको छ ।

बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्वीटरले सिन्जियाङको क्षेत्रीय सरकारसँग जाेडिएको च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएको छ ।

चीनबाहेक ट्वीटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएको छ ।

त्यसैगरी, मेक्सिकोका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिएको जनाइएको छ । त्यस्तै, नागिरक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएको भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएको छ । अर्कोतर्फ राष्ट्रपति योवेरी मुसीभेनीको प्रचार गरेको भन्दै युगान्डामा ४१८ ट्वीटर अकाउन्ट बन्द गरिएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ११ : ५४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको