कांग्रेसले मुलुकमा समृद्धिको पूर्वाधार खडा गर्‍यो: देउवा « Khabarhub

कांग्रेसले मुलुकमा समृद्धिको पूर्वाधार खडा गर्‍यो: देउवा


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको दावी गरेका छन् ।

प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै देउवाले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गर्दै कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको बताए ।

पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा आएको उनको भनाइ छ ।

पार्टीका आन्तरिक चुनावमा हुने जितहार एउटा स्वभाविक प्रक्रिया रहेको बताउँदै देउवाले यी लोकतान्त्रिक अभ्यास भएको बताए ।

जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताको योगदानलाई स्मरण गर्दै देउवाले अब सबैले कांग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विगतका घटनाक्रमले पुष्टि गरिसकेको बताएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  २ : ४८ बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले