इच्छाराजलगायत ४२ जनाविरुद्ध साढे ५ अर्ब ठगीमा मुद्दा दर्ता « Khabarhub

इच्छाराजलगायत ४२ जनाविरुद्ध साढे ५ अर्ब ठगीमा मुद्दा दर्ता


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिभिल सहकारी ठगी प्रकरणमा पूर्वसांसद इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकीलको कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

यो गठी मुद्दामा पीडित अहिलेसम्मकै धेरै र गठीको रकम पनि अहिलेसम्मकै धेरै रहेको दाबी गरिएको छ ।

अदालतमा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबीसहित मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकीलको कार्यालयले जनाएको छ । सिभिल सहकारीको ठगीविरुद्ध १ हजार ५ सय ३ जना पीडितले प्रहरीमा जाहेरी दिएका थिए।

यो प्रकरणमा हालसम्म १२ जना पक्राउ परेका छन् भने २९ जना फरार रहेको अभियोजन–पत्रमा उल्लेख छ। एकजनाको भने मृत्यु भइसकेको छ । सिभिल सहकारीको सञ्चालक समितिका सदस्य गोपाल बहादुर श्रेष्ठको दुई वर्षपहिला मृत्यु भएको थियो।

सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछाने, कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुव केतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ। अन्य २९ जना फरार छन्।

सञ्चालक समितिका सदस्यहरु सुमन नन्दन वैद्य, प्रविण मुखिया, अष्टरत्न तुलाधर, प्रविण प्रसाद प्रधान, पूर्वसदस्यहरु दानहिरा तुलाधर, रामकृष्ण पौडेल, खेमनाथ डल्लाकोटी, इन्द्रराज हुमागाईं, जयन्द्रलाल श्रेष्ठ, केशवकुमार अमात्य, दुर्गाप्रसाद संग्रौला र नगेन्द्र बिमली फरार छन्।

यस्तै लेखा समिति सदस्य सिर्जना शाक्य, लेखा समिति पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिसाल, सिभिल बिजनेस कम्प्लेक्सका सञ्चालक लालकाजी गुरुङ, उनकी श्रीमती मीना गुरुङ, सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठ, महाप्रबन्धक प्रकाश कुमार बर्मा, प्रबन्धक सुवास कुमार श्रेष्ठ र पूर्वउपमहाप्रबन्धक रन्जना महर्जन पनि फरार रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, जुनियर सहायक प्रबन्धक अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, अधिकृत कान्तीलक्ष्मी उपाध्याय र इच्छाराजका छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङविरुद्ध मुद्दा दायर भएको छ ।

इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना र सहकारीको सञ्चालक समितिका वर्तमान र पूर्वसदस्यहरुले गम्भीर कसुर गरेको भन्दै उनीहरुबाट क्षतिपूर्ति समेत भराउन मागदाबी गरिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ५३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि