कांग्रेस प्रदेश २ अधिवेशनमा देउवा र निधि समूह चुनावी प्रतिस्पर्धामा | Khabarhub Khabarhub

कांग्रेस प्रदेश २ अधिवेशनमा देउवा र निधि समूह चुनावी प्रतिस्पर्धामा


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसको प्रदेश २ को प्रथम अधिवेशनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधि समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।अहिलेसम्म रामचन्द्र पौडल, शशांक कोइलालगायतका समूहबाट औपचारिक रूपमा उम्मेदवारी घोषणा भएको छैन ।

केही दिनअघि उपसभापति निधि समूहबाट प्रदेश सभापतिमा प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका थिए । शुक्रबार पत्रकार सम्मेलन गर्दै देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादवले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रदेश सभापतिमा प्रदेश २ मा देउवा गुटकै चार जना रामरोज यादव, महोत्तरी सभापति महेन्द्र कुमार राय, सप्तरी सभापति दिनेश यादव र रौतहट सभापति कृष्णा यादव महत्वकांक्षी रहेका थिए । तर, रामसरोज यादवले पहिला नै आफू उपसभापति निधिको समूहबाट उम्मेदवारीको घोषणा गरेपछि प्रदेश २ मा औपचारिक रूपमा देउवा र निधि गुट देखिएको छ ।

निधि गुट अलग भएपछि देउवा गुटमा रहेका तीन जना महेन्द्र कुमार राय, दिनेश यादव र कृष्णा यादवबीच कांग्रेसका पूर्वकोषाध्यक्ष चित्रलेखा यादवको रोहवरमा शुक्रवार बिहान साझा उम्मेदवार बनाउने छलफल भएको थियो । कांग्रेसका महोत्तरी सभापति महेन्द्रकुमार रायका अनुसार छलफलमा पार्टीको हाइकमाण्डले तोकिएको व्यक्ति नै सभापतिमा उम्मेदवारी दिने तीनै जनाबीच सहमति भएको छ ।

पार्टीका हाइकमाण्ड अर्थात् शेरबहादुर देउवाले प्रदेश २ को सभापतिमा कृष्णा यादवलाई उम्मेदवार बनाउने निर्णय भएको महोत्तरी सभापति रायले बताए ।

देउवा समूहले पत्रकार सम्मेलन गरी यादवलाई उम्मेदवार बनाएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा प्रदेश २ का निर्वाचन संयोजक रमेश रिमालले सभापति देउवा समूहबाट यादवलाई प्रदेश सभापतिमा साझा उम्मेदवार बनाएको बताए । ‘प्रदेश अधिवेशन सर्वसम्मत गराउने विषयमा हाम्रो छलफल जारी नै रहेको छ,’ उनले भने, ‘तर सर्वसम्मत नभए वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला समूहलाई पनि सभापति बाहेकका पद दिएर पनि हामी आफ्नो उम्मेदवारलाई जिताउँछौं ।’

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादव, लगायतका सहभागिता रहेको थियो ।

यसैबीच, कांग्रेस प्रदेश २ को प्रतिनिधिको नाम दर्ता स्थगित भएको छ । शुक्रबारका लागि निर्धारण गरिएको मनोनयन पत्र दर्ता गर्ने काम स्थगित भएको धनुषाका रजिस्ट्रेसन संयोजक विश्वेश्वर यादवले जनाएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक कारण देखाउँदै प्रथम प्रदेश अधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता कार्य स्थगित गरिएको उनले बताए । आठ वटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म चार वटा जिल्लाबाट मतदाता नामावली नआएका कारण मनोनयन दर्ता स्थगित गरिएको हो । महोत्तरी, सर्लाही, बारा र पर्साबाट हालसम्म मतदाताको नामावली आउन नसकेको उनले बताए । प्रदेश अधिवेशन सम्भवतः महाधिवेशनपछि हुने छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ४० बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं – तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा

बाढीले क्षति पुर्‍याएको त्रिशूलीको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा – त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ – बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको

दशैंको किनमेल स्थानीय हाटबजारमा

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको