प्रकाशको मिश्रित प्रदर्शन « Khabarhub

प्रकाशको मिश्रित प्रदर्शन


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली यूथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन् ।

चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले एक खेल जित्दा एक खेलमा हार ब्यहोरेका हुन् ।

एसएल– ४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित गरे । दोस्रोमा प्रकाशले भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ को सीधा सेटमा हराए ।

अब लिगको अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीविरुद्ध खेल्ने अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

गेम्समा तेक्वान्दोका ३ खेलाडी पनि सहभागी छन् । ब्याडमिन्टनमा नेपालबाट सहभागी प्रकाश एक्लो हुन् । उद्घाटनको मार्च पास्टमा पारा ओलम्पियन तेक्वान्दोकी पलेसा गोवर्द्धनले नेपालको झण्डा बोकेकी थिइन् । गेम्स डिसेम्बर ६ तारिखसम्म चल्ने छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ५९ बजे

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर