प्रकाशको मिश्रित प्रदर्शन « Khabarhub

प्रकाशको मिश्रित प्रदर्शन


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली यूथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन् ।

चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले एक खेल जित्दा एक खेलमा हार ब्यहोरेका हुन् ।

एसएल– ४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित गरे । दोस्रोमा प्रकाशले भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ को सीधा सेटमा हराए ।

अब लिगको अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीविरुद्ध खेल्ने अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

गेम्समा तेक्वान्दोका ३ खेलाडी पनि सहभागी छन् । ब्याडमिन्टनमा नेपालबाट सहभागी प्रकाश एक्लो हुन् । उद्घाटनको मार्च पास्टमा पारा ओलम्पियन तेक्वान्दोकी पलेसा गोवर्द्धनले नेपालको झण्डा बोकेकी थिइन् । गेम्स डिसेम्बर ६ तारिखसम्म चल्ने छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ५९ बजे

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ– अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न

कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

दाङ– थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन