कांग्रेस प्रदेश १ मा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी | Khabarhub Khabarhub

कांग्रेस प्रदेश १ मा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत नौ पदाधिकारीका लागि २० जनाले उम्मेदवार दिएका छन् । सभापति पदमा गुरु घिमिरे र उद्धव थापाले उम्मेदवारी दिएका छन् ।

थापा संस्थापन पक्षका नेता हुन भने घिमिरे इतर समूहका नेता हुन् । दुई जना उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ ।

उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन् । दुई जना महामन्त्रीका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गा उम्मेदवार बनेका छन् ।

सहमहामन्त्री महिला दुई र खुला दुई गरी चार जना हुने व्यवस्था भए पनि १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा प्रमीला गच्छदार, मानबहादुर लिम्बू, अञ्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापा रहेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ४६ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत