रत्न, नवीन, प्रफुल र दीपेश सेमिफाइनलमा | Khabarhub Khabarhub

रत्न, नवीन, प्रफुल र दीपेश सेमिफाइनलमा


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाह्रबिसे कप खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

प्रतियोगितामा पुरुष एकलतर्फ सेनाका रत्नजित तामाङ, नवीन श्रेष्ठ र प्रफुल महर्जन तथा एपिएफका दीपेश धामी अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् ।

रत्नले नेपाल पुलिसका दीपक बोहरालाई २१–६,२१–१० ले पराजित गर्दै सेमिफाइनलमा प्रफुल महर्जनसँगको भेट पक्का गरे । महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१७, २१–१४ को सेटमा पराजित गरे ।

अर्को खेलमा सेनाका नवीन श्रेष्ठले सेनाकै रुकेश महर्जनमाथि २१–१२, २१–१५ को जित निकाले । नवीनले अव फाइनल प्रवेशका लाग एपिएफका दीपेश धामीसँग प्रतिस्पर्धा गर्ने छन् । धामीले पुलिसका विष्णु कटुवाललाई २१–१०, २१–१४ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

पुरुष युगल तर्फ सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीले अन्तिम चारमा स्थान बनाएको छ । महर्जन र लिनथेपको जोडीले बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–१३, २२–२० को सेटमा पराजित गर्दै सेमीमा स्थान बनाएको हो ।

अव यस जोडीले बुटवलका सुशील गिरी र विवेक न्यौपानेको जोडीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । गिरी र न्यौपानेको जोडीले साइनो स्पोर्टस् हलका अभिषेक बोस र सुजन थापाको जोडीलाई २८–२६, २१–१६ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्को जोडीमा कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडी रहेको छ । सो जोडीले एपिएफका एसिया जवेगु र नवीन सिलवालको जोडीलाई २२–२०, १२–२१, २१–१६ को सेटमा पराजित गर्दै सेमिफाइनलमा बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको हो । डङ्गोल र महर्जनको जोडीले बाह्रबिसेका अभिषेक गुरुङ र त्रिपुरासुन्दरीका आशिष् तामाङको जोडीलाई २१–१८, १३–२१, २१–१४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो।

सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगितामा महिला एकलतर्फ सेनाकी अमिता गिरीले सेनाकै रोज पाण्डेलाई २१–१४, २१–१० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिन् । अव अमिताले फाइनल प्रवेशका लागि पुलिसकी निता लम्सालको सामना गर्ने छिन् । लम्सालले एपिएफकी शोभा गौचनलाई २१–७, २१–१२ ले पराजित गरिन् ।

अर्को खेलमा सेनाकी रसिला महर्जनले एपिएफकी सुनैना मुखियालाई २१–९, २१–१० ले पराजित गर्दै सेमिफाइनलमा सेनाकै अनुमाया राईसँगको भेट पक्का गरिन् । राईले सेनाकै प्रेक्षा राईलाई २१–११, २१–१३ ले पराजित गर्दै सेमिफाइन पुगेकी हुन् ।

प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल शनिवार सम्पन्न हुने प्रतियोगिताका रेफ्रि अनुप रत्न शाक्यले जानकारी गराएका छन् ।

५ लाख ५० हजार पुरस्कार राशि रहेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले पुरुष एकल तर्फ १ लाख २५ हजार, ६५ हजार र ३० हजारका साथै मेडल, प्रमाण पत्र, महिला एकल तर्फ ५० हजार, २५ हजार र १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र, पुरुष युगल तर्फ १ लाख, ५० हजार र २५ हजारका साथै मेडल र प्रमाण पत्र, जिल्लास्तरिय युगल तर्फ र भेट्रान्स युगल तर्फका खेलाडीहरूले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : १५ बजे

झपट रावलको माग : विद्या भण्डारी र भीम रावलसहितका नेताको कारबाही फिर्ता हुनुपर्छ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको

जेन-जी आन्दोलनको भावनाअनुरूप गर्नुपर्ने काम पूरागर्न अहोरात्र खट्छु : जगदीश खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनको भावनाअनुरूप

उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

मोन्टेभेडिओ- ल्याटिन अमेरिकी मुलुक उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई

इस्टूलाई आफ्नै स्टाट्स गलपासो, कमेन्ट बक्समा गालीको वर्षा

काठमाडौं – नेपाल र ओमानबीचको विश्वकप एसिया र इस्ट इसिया

नेपाली सेनाद्वारा सञ्चारकर्मीका लागि अभिमुखीकरण तालिम सम्पन्न

धरान– नेपाली सेनाको पूर्वी पृतनाले सञ्चारकर्मीका लागि आयोजना गरेको चारदिने