सडकबाट ३५० बेसहाराको उद्धार « Khabarhub

सडकबाट ३५० बेसहाराको उद्धार


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ– मुलुकलाई नै बेसहारा सडक मानवमुक्त बनाउने उद्देश्य बोकेर मेची¬ महाकाली उद्धार अभियानमा लागेको मावनसेवा आश्रमले पछिल्ला १० दिनमा झण्डै ३५० बेसहाराको सडकबाट उद्धार गरेको छ ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले यही पुस ९ गतेबाट शुरु भएको एक महिने मेची महाकाली सडक उद्धार अभियानका क्रममा आजसम्म यसरी उनीहरुलाई उद्धार गरी संरक्षण दिएको जानकारी दिए ।

उनका अनुसार प्रदेश नं १ बाट २५४ र प्रदेश नं २ बाट ८१ सहयोगापेक्षीको उद्धार गरिएको तथा बाँकी वाग्मती र गण्डकी प्रदेशका केही जिल्लाबाट उद्धार भएका छन् । अहिले पनि गण्डकी प्रदेशमा उद्धारको अभियान जारी छ । उनका अनुसार यहाँका विभिन्न स्थानीय तहसँगको समन्वयमा उद्धार अभियान चलाइएको छ ।

सरकारले विसं २०७८ भित्र मुलुकलाई बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरिसकेको छ । उक्त सरकारी सङ्कल्प पूरा गर्ने आधार तयार पार्न मानवसेवा आश्रमले अहिले राष्ट्रिय उद्धार अभियान लिएर मेची महाकाली सडक यात्रा गरेको आश्रमले जनाएको छ ।

कोही पनि भोको नाङ्गो भएर र एक छाक खान नपाएर, माग्न पनि नसक्ने अवस्थामा सडकमा बसिरहेका व्यक्तिको संरक्षण गर्ने योजनाका साथ विसं २०६९ मा उक्त आश्रम स्थापना भएको थियो । सोही अभियानलाई साकार पार्न पछिल्लो समयमा नेपाल सरकारसँग सहकार्य भएको छ । टोलीले सातै प्रदेशका विभिन्न जिल्लामा पुगेर सडकमा रहेका असहायहरुको उद्धार गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ०५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान