सरकारविरूद्ध घोषित आन्दोलनलाई थप सशक्त बनाउँदै नेकपा ‘प्रचण्ड–नेपाल’ समूह « Khabarhub

सरकारविरूद्ध घोषित आन्दोलनलाई थप सशक्त बनाउँदै नेकपा ‘प्रचण्ड–नेपाल’ समूह

स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्ने


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले सरकारको असंवैधानिक कदमविरूद्ध घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने भएको छ ।

काठमाडौँमा प्रदर्शनसहित विरोध प्रदर्शनसहित कार्यक्रमण गरेको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रमण घोषणा गरेको छ ।

घोषित कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन स्थायी कमिटीमा छलफल भइरहेको नेताहरुले बताएका छन् । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

आजको बैठकमा सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमलाई सशक्त र व्यवस्थित बनाउने विषयमा छलफल हुने नेता योगेश भट्टराईले जानकारी दिए ।

उनले पार्टी एकीकरणका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल गरिने बताए ।

यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक कार्यदल गठन गरेको थियो। पार्टी एकीकरणका बाँकी काम र जिम्मेवारीलगायतका काम गर्ने अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ।

घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि पालिका स्तरका वडारुमा पार्टी भेला तथा संर्घष सम्बन्धि प्रशिक्षण दिइनेछ।

प्रचण्ड–नेपाल समुहले पुस २५ सम्ममा सबै वडा स्तरमा कार्यक्रम गरिसक्ने जनाएको छ। समुहले माघ २३ गते सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेकोमा आजदेखि शुरु गर्न लागेको हो।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : ०७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ