कसैमा डिप्रेसनको लक्षण देखिए तपाईंले के गर्ने ? « Khabarhub

कसैमा डिप्रेसनको लक्षण देखिए तपाईंले के गर्ने ?


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तनाव वा चिन्ता नभएको जीवन कसको होला र ? जीवनको कुनै न कुनै कालखण्डमा मानिसलाई कुनै न कुनै विषयको चिन्ताले सताउने गर्दछ ।

तर चिन्ता लिनु यसको समाधान होइन । बरु, समस्या खोजेर यसको समाधान गर्नु चाहिँ यसबाट निस्कने भरपर्दाे विकल्प हो । अन्यथा मानिसलाई चिन्ताले डिप्रेसनमा पार्न सक्छ ।

कसरी थाहा हुन्छ डिप्रेसन भए नभएको ?
डिप्रेसन भए नभएको थाहा पाउन निम्न लक्षण सहायक हुन्छन् । यदि राति राम्ररी निन्द्रा पर्दैन, भोक लाग्न छाड्छ, अनावश्यक चिन्ता वा हरक्षण उदासी हुन्छ, आत्मविश्वास कमी भए, बिना परिश्रम थकान महशुुस भए, उत्तेजना एवम् अधैर्य भए, एकाग्रतामा कमी आए, कुनै पनि कुरामा चासो नगए, रमाइलो माहौलमा पनि एक्लै बस्न चाहाना आए डिप्रेसन भएको हुनसक्छ । यी लक्षणले डिप्रेसन भएको थाहा पाउन सकिन्छ ।

कसरी बच्ने ?
यदि कसैमा माथि उल्लेखित लक्षण देखिएमा डिप्रेसन भएको हुनसक्छ । डिप्रेसनबाट बच्न जीवनशैली, वातावरण बदल्नुपर्दछ । यस्तोमा आफन्त र साथिभाइको भुमिका महत्वपुर्ण हुन्छ । यदि उपरोक्त लक्षण देखिएमा निम्न उपाय अपनाउन सकिन्छ ।

१. कुनै साथी वा परिवारका सदस्यमा डिप्रेसनको लक्षण देखिए उसंग खुलेर कुराकानी गर्नुहोस् । उसको कुरा पुरा सुन्नुहोस् र उसमा उत्साह जगाउने प्रयत्न गर्नुहोस् ।

२. कसैमा डिप्रेसनको लक्षण देखिएमा उसलाई व्यस्त बनाउन कोशिस गर्नुहोस् । उसलाई हसाउने, मनोरञ्जन र खुसीको माहौलमा राख्नुहोस् । सदैव सक्रिय पार्न काममा खटाउनुहोस् ।

३. डिप्रेसनको लक्षण देखिएको मानिलाई सकेसम्म उचित व्यायाम र सन्तुलित खानपानको आवश्यकता हुन्छ । तसर्थ मस्तिष्क शान्त र स्थिर हुने व्यायाम र खानपान गराउनुहोस् ।

४. डिप्रेसनमा भएका मानिसमा आत्मग्लानी हुने भएकाले उसलाई उ सक्षम भएको महशुस गराउने काममा लाग्न हौसला दिनुहोस् । उसलाई कमजोर अनुभुती हुन नदिनुहोस् ।

५. यस्ता लक्षण देखिएका मानिसलाई घुमफिरमा लानुहोस् । फिल्म, रेष्टुरेन्ट, खेलमा सहभागी गराउनुहोस् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : ४५ बजे

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

एजेन्सी– रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै

सीजी इलेक्ट्रोनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट काठमाडौंमा सम्पन्न

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका एलजी, सीजी, माइडिया, टीसीएल, गोदरेज, क्रम्प्टन, बेको,