कसैमा डिप्रेसनको लक्षण देखिए तपाईंले के गर्ने ? | Khabarhub Khabarhub

कसैमा डिप्रेसनको लक्षण देखिए तपाईंले के गर्ने ?


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तनाव वा चिन्ता नभएको जीवन कसको होला र ? जीवनको कुनै न कुनै कालखण्डमा मानिसलाई कुनै न कुनै विषयको चिन्ताले सताउने गर्दछ ।

तर चिन्ता लिनु यसको समाधान होइन । बरु, समस्या खोजेर यसको समाधान गर्नु चाहिँ यसबाट निस्कने भरपर्दाे विकल्प हो । अन्यथा मानिसलाई चिन्ताले डिप्रेसनमा पार्न सक्छ ।

कसरी थाहा हुन्छ डिप्रेसन भए नभएको ?
डिप्रेसन भए नभएको थाहा पाउन निम्न लक्षण सहायक हुन्छन् । यदि राति राम्ररी निन्द्रा पर्दैन, भोक लाग्न छाड्छ, अनावश्यक चिन्ता वा हरक्षण उदासी हुन्छ, आत्मविश्वास कमी भए, बिना परिश्रम थकान महशुुस भए, उत्तेजना एवम् अधैर्य भए, एकाग्रतामा कमी आए, कुनै पनि कुरामा चासो नगए, रमाइलो माहौलमा पनि एक्लै बस्न चाहाना आए डिप्रेसन भएको हुनसक्छ । यी लक्षणले डिप्रेसन भएको थाहा पाउन सकिन्छ ।

कसरी बच्ने ?
यदि कसैमा माथि उल्लेखित लक्षण देखिएमा डिप्रेसन भएको हुनसक्छ । डिप्रेसनबाट बच्न जीवनशैली, वातावरण बदल्नुपर्दछ । यस्तोमा आफन्त र साथिभाइको भुमिका महत्वपुर्ण हुन्छ । यदि उपरोक्त लक्षण देखिएमा निम्न उपाय अपनाउन सकिन्छ ।

१. कुनै साथी वा परिवारका सदस्यमा डिप्रेसनको लक्षण देखिए उसंग खुलेर कुराकानी गर्नुहोस् । उसको कुरा पुरा सुन्नुहोस् र उसमा उत्साह जगाउने प्रयत्न गर्नुहोस् ।

२. कसैमा डिप्रेसनको लक्षण देखिएमा उसलाई व्यस्त बनाउन कोशिस गर्नुहोस् । उसलाई हसाउने, मनोरञ्जन र खुसीको माहौलमा राख्नुहोस् । सदैव सक्रिय पार्न काममा खटाउनुहोस् ।

३. डिप्रेसनको लक्षण देखिएको मानिलाई सकेसम्म उचित व्यायाम र सन्तुलित खानपानको आवश्यकता हुन्छ । तसर्थ मस्तिष्क शान्त र स्थिर हुने व्यायाम र खानपान गराउनुहोस् ।

४. डिप्रेसनमा भएका मानिसमा आत्मग्लानी हुने भएकाले उसलाई उ सक्षम भएको महशुस गराउने काममा लाग्न हौसला दिनुहोस् । उसलाई कमजोर अनुभुती हुन नदिनुहोस् ।

५. यस्ता लक्षण देखिएका मानिसलाई घुमफिरमा लानुहोस् । फिल्म, रेष्टुरेन्ट, खेलमा सहभागी गराउनुहोस् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : ४५ बजे

एभरेष्ट बैंकको १३३औँ शाखा बर्दिबासमा विस्तार

काठमाडौं– एभरेष्ट बैंकले बिहीबार मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गत बर्दिबास नगरपालिका वडा नं

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

गलकोट– जैमिनी नगरपालिकाले एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी

कर्णाली राजमार्गमा ठूला सवारिसाधन सञ्चालनमा रोक

काँक्रेविहार– कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला

सामाजिक सञ्जालमा अदालतको चर्चा, एमालेमा हर्कबढाइँ

काठमाडौँ – बुधबार राति अबेरसम्म सर्वोच्च अदालत परिसरमा मानिसहरुको चहल–पहल

डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश

काठमाडौं– नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको