निर्वाचन आयोगका कर्मचारीलाई जर्जियाको मतपरिणाम उल्ट्याउन ट्रम्पले दबाब दिएको खुलासा (अडियोसहित) « Khabarhub

निर्वाचन आयोगका कर्मचारीलाई जर्जियाको मतपरिणाम उल्ट्याउन ट्रम्पले दबाब दिएको खुलासा (अडियोसहित)


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई मतपरिणाम उल्टाउन दबाब दिएको अडियो रेकर्ड सार्वजनिक भएको छ ।

वाशिङ्टन पोस्टले सार्वजनिक गरेको अडियो रेकर्डमा ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, ‘म मात्र ११,७८० भोट खोज्न चाहन्छु।’

रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा जर्जियाको नतिजा सही भएको बताइरहेको अडियोमा सुन्न सकिन्छ।

वाशिङ्टन पोस्टद्वारा सार्वजनिक अंशमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेटलाई वैकल्पिक रूपमा दबाब दिइरहेको र फुस्ल्याइरहेको सुन्न सकिन्छ।

ट्रम्पले रफेन्सपोगरलाई भनेक छन्, ‘तपाईँले पुन: गणना गरेको भन्नुमा केही पनि गलत हुने छैन।’

सार्वजनिक अडियो रेकर्डमा रफेन्सपोगरले प्रतिउत्तर दिँदै ट्रम्पलाई भन्छन्, ‘तपाईँको चुनौती भनेको के हो भने राष्ट्रपतिज्यू तपाईँसँग भएको तथ्याङ्ग गलत छ।’

त्यसपछि राष्ट्रपतिले अधिकारीलाई सम्भावित कानुनी परिणामको चेतावनी दिएका थिए।

‘तपाईँलाई थाहा छ उनीहरूले के गरे भन्ने र तपाईँले त्यसलाई रिपोर्टिङ गरिरहनु भएको छैन। त्यो आपराधिक कार्य हो। तपाईँ त्यस्तो हुन दिन सक्नुहुन्न। त्यो तपाईँ र तपाईँको वकिल रायनका लागि ठूलो खतरा हो,’ ट्रम्पले चेतावनीपूर्ण भाषामा रफेन्सपोगरलाई भनेका छन् ।

सुन्नोस् वासिङ्टन पोष्टले सार्वजनिक गरेको अडियो

ह्वाइट हाउसले हालसम्म उक्त विषयमा कुनै प्रतिक्रिया दिएको दिइनसकेको बीबीसीले जनाएको छ ।

बाइडनले कुल ३०६ इलेक्टरल कलेज मत पाएर राष्ट्रपति निर्वाचित भएका थिए भने ट्रम्पले मात्र २३२ मत पाएका छन्।

नोभेम्बर ३ को मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका ट्रम्प जनवरी २० बाट विधिवतरूपमा ह्वाइटहाउसबाट बाहिरिँदै छन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १२ : ४५ बजे

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा