बङ्गलादेशबाट मल आउन ढिलाइ | Khabarhub Khabarhub

बङ्गलादेशबाट मल आउन ढिलाइ


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ ।

यही पुस २ गते सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया शुरु हुन सकेको छैन ।

सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतीतपत्र) खोलेर बङ्गलादेश पठाइसकेको जनाइएको छ । नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बङ्गलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउँछन्।

उनकाअनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बङ्गलादेशलाई पठाइसकेको छ ।

‘हामीले पठाएको एलसी बङ्गलादेशका अधिकारीले अध्ययन गर्दै गरेको जानकारी आएको छ, उताबाट हुन्छ भनेर पठाउनासाथ रासायनिक मल खरीदको प्रक्रिया शुरु भइहाल्छ’, उनले भने, ‘हामीले जति सक्दो छिटो मल ल्याउने तयारीअनुसार काम गरेका छौँ तर उताबाट धेरै ढिलाइ हुँदै आएको छ ।’

उनका अनुसार सरकारी प्रक्रिया सकिएको दश दिनमा रेल र सडकमार्ग हुँदै मल खरीद शुरु गरिनेछ । बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको भण्डारीले जानकारी दिए ।

उनकाअनुसार कम्पनीबाट रासायनिक मल खरीदको अन्तिम सम्झौतानसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ ।

जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो ।

मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो । तयारीस्वरुप पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रष्ट्रिज कर्पोरेशनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।

पर्याप्त  मौज्दात

धान रोप्ने याममा रासायनिक मल अभाव भए पनि हाल पर्याप्त मात्रामा मलको मौज्दात छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको भण्डारीले जानकारी दिए ।

उनका अनुसार  कम्पनीसँग हाल नौनौ हजार मेट्रिक टन डिएपी र पोटास तथा आठ हजार मेट्रिक टन युरिया मल मौज्दात छ । चालु आवको बोलपत्रमार्फत कर्पोरेशनले खरीद गरेको मलसमेत पर्याप्त मात्रामा छ ।

शुरुआती चरणमा कम्पनीको मल बिक्री वितरण हुने तथा मौज्दात सकिँदै गएपछि कर्पारेशनले खरीद गरेको मलको बिक्री वितरण शुरु हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  २ : ५९ बजे

त्रिविसँग नेविसंघले माग्यो- विकृति निर्मूल पार्न गरेका प्रयासको कार्यप्रगति विवरण

काठमाडौं- त्रिभुवन विश्वविद्यालयसँग गुणात्मक रूपान्तरणरसतहमा देखिएका विकृति निर्मूलका लागि गरिएका

प्रधानमन्त्रीसँग एनसीसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा

महाशिवरात्रिको लागि श्रृगारिएको पशुपति (तस्बिरहरु)

काठमाडौं– आगामी बुधबार मनाइने महाशिवरात्रि पर्वको लागि पशुपति क्षेत्र परिषद्

पूर्वराजालाई वर्षमानको चेतावनी- तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउनुस् 

झापा– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र

परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो