प्रचण्डलाई उपप्रधानमन्त्री पोखरेलको सुझाव : अन्त ध्यान दिएर सीताजीको उपचारमा अलमल नहोस  « Khabarhub

प्रचण्डलाई उपप्रधानमन्त्री पोखरेलको सुझाव : अन्त ध्यान दिएर सीताजीको उपचारमा अलमल नहोस 


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गरेका छन् ।

पत्नीको उपचारका लागि भारत गएका नेकपा अध्यक्ष प्रचण्डलाई अन्त नअल्मिल उपचारमा ध्यान दिन समेत उनले सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यसतो सुझाव दिएका हुन ।

उनको सुझाव जस्ताको तस्तै

आज कमरेड पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘गंभीर अस्वस्थ्यता झेलिरहेकी आफ्नी पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गर्नुभएको छ । सीताजीको स्वास्थ्य लाभको कामना !

हालै भारतीय संचार माध्यमहरूले ‘प्रचण्डले नेपालमा देखापरेको राजनीतिक समस्या समाधानका लागि खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखापरेको समस्या समाधानका लागि भारतसित सहयोगको माग गरे …”

भन्ने समाचारसित जोडिएर सीताजीको उपचारमा कहिंकतै अलमल नहोस भन्ने सुझाव दिन चाहान्छु । सीताजी चाँडै स्वास्थ्यलाभ गरी फिर्नुहोस– हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु !

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ४६ बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार