निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम : उपप्रधानमन्त्री पोखरेल


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम भएको बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिरहाले आज सिरहाको चोहर्वामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने र मुलुकलाई गम्भीर सङ्कटमा धकेल्ने षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्न सरकारले बाध्यात्मक रुपमा संसद् विघटन गरी जनतामा जाने निर्णय गरेको बताए ।

निर्वाचित प्रधानमन्त्रीलाई जनादेश अनुसार पाँच वर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जाने अधिकार रहेको दाबी गर्दै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने भएकाले निर्वाचनबाट कोही भाग्न नहुने बताए ।

नेकपाका सचिवालय सदस्य समेत रहेका उनले प्रधानमन्त्रीविरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको ‘आरोपपत्र’ फिर्ता लिएर ताजा जनादेशका लागि निर्वाचनमा जान तयार भए अझै पार्टी एकता कायम रहने सम्भावना रहेको उल्लेख गरे ।

पार्टीभित्र देखिएको समस्या छिट्टै समाधान हुने उल्लेख गर्नुहुँदै उनले अब पार्टीबाट गलत प्रवृत्ति भएका व्यक्ति बाहिरिएपछि पार्टी अझ मजबुत भई एकढिक्का भएर अगाडि बढ्ने बताए ।

भौतिक पूर्वाधारको विकास बिना मुलुकको विकास सम्भव नभएकाले हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम रेलमार्गलगायत भौतिक पूर्वाधार निर्माणको कामलाई जोडदार रुपमा अघि बढाएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यही सरकारको पालामा ती कार्य पूरा हुने दाबी गरे ।

कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साहले प्रधानमन्त्रीले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउँदै आगामी वैशाखमा हुने निर्वाचनले नै मुलुुकलाई निकास दिने दाबी गरे ।

यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले वर्तमान सरकारले गरेको लोकप्रिय कामबाट हतोत्साहित बनेका नेता देशीविदेशी शक्तिको इसारामा प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेका कारण यस्तो स्थिति आएको बताए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : १० बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति