खबरहबका गौरवमय दुई वर्ष | Khabarhub Khabarhub

खबरहबका गौरवमय दुई वर्ष


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज खबरहब तेस्रो वर्षमा प्रवेश गरेको छ । स्थापनादेखि नै खबरहब नेपाली र अंग्रेजी भाषामा प्रकाशन हुँदै आएको छ ।

खबरहबले संवैधानिक सर्वोच्चता, सुशासन, पारदर्शिता, लोकतन्त्र, वाक स्वतन्त्रता र मानवअधिकारलाई आधारभूत मार्गदर्शन मानेको छ । यसै अनुसार हामीले समाचार र विचार प्रवाह गर्दै आएका छौँ । खबरहब सधैँ यही मूल्यमान्यतामा अडिग रहनेछ ।

हाम्रा लागि विश्वसनीयता अर्को ठूलो मन्त्र हो । हामी खबरहबमार्फत प्रकाशन र प्रसारण हुने सबै किसिमका सूचनाहरूको विश्वसनीयताप्रति सधैँ सजग छौँ । हामीले छोटो समयमै हाम्रो वेबसाइटमा ठूलो संख्यामा पाठकहरू पाएका छौँ । यसबाट हामी गौरवान्वित भएका छौँ । हामी सिक्नेक्रममा छौँ । हाम्रा सामग्रीहरू पूर्णरूपमा त्रुटिरहित थिए भन्ने हाम्रो दाबी छैन । पाठकहरूले औँल्याउने त्रुटि र पाठकहरूको प्रतिक्रियाको हामी सधैँ स्वागत गर्दछौँ र सुझावअनुसार थप परिष्कृत गर्दै जानेछौँ । मूल्यांकन पाठकहरूकै जिम्मामा हुनेछ ।

हामी हाम्रो मार्गदर्शन, पत्रकारिताका प्रचलित मूल्यमान्यता र कानूनी दायरामा सधैँ सजग छौँ । आधुनिक प्रविधिले ल्याएको सुविधाको अधिकतम उपयोग गर्दै पाठकहरूसमक्ष पुग्नेछौँ ।

सञ्चालनको दोस्रो वर्षमा सबै सञ्चार माध्यमझैँ खबरहब पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को मारमा पर्‍यो । महामारीको भयका बीच पनि हामीले समाचार र विचार प्रवाहमा अधिकतम प्रयत्न गर्‍यौँ । आमनागरिकलाई कोभिड–१९ को रोकथाम र सुरक्षा चेतनाका बारेमा सचेत गराउने उद्देश्यले समाचार, विचार र आलेखहरूलाई प्राथमिकता दियौँ । आमनागरिकको सुविधाको लागि राज्यका निकायहरूलाई सजग गराउनमा जोड दियौँ ।

अनलाइन माध्यमबाट पाठक र श्रोतासमक्ष पुर्‍याउन सकिने समाचार र विचारका सबै सामग्री प्रस्तुत गर्न हामी प्रयासरत छौँ । हाम्रा अनुभवका आधारमा आगामी दिनमा खबरहबलाई अझ परिष्कृत बनाउँदै जाने हाम्रो प्रयास जारी रहनेछ ।

अनलाइन सञ्चार माध्यम कुनै खास भौगोलिक क्षेत्रमा मात्र सीमित छैन । प्रविधिले हामीलाई विश्वव्यापी बनाएको छ । हामीले सोहीअनुसार राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रमुख घटनाका समाचार सामग्री प्रस्तुत गर्दै आएका छौँ । समाचारमा हाम्रा छिमेकी र मित्र राष्ट्रहरूलाई प्राथमिकतामा राखेका छौँ । यस क्रममा मातृभूमि नेपालको हित प्रवर्द्धन हाम्रो मूल ध्येय रहेको छ ।

विविधि समाचार, विचार र मानवीय चासोका विषयहरू पाठकको रुचिअनुसार पठनीय बनाउन हामी सधैँ प्रतिबद्ध छौँ । हामीलाई राज्यको कानून र पत्रकारिताका विश्वव्यापी मूल्यमान्यता परिपालनाबाहेक कुनै पनि दबाब स्वीकार्य छैन ।

खबरहबको मातृसंस्था पेभलियन मिडिया ग्रुपले चाँडै मनोरञ्जन र बिजनेश समाचार पोर्टलसहित रेडियो र स्याटेलाइट टेलिभिजन सुरु गर्ने तयारी गरेको जानकारी गराउन पाउँदा हामीलाई खुसी लागेको छ ।

हामीले खबरहबको गौरवमय दुई वर्ष पूरा गरेका छौँ । दोस्रो वार्षिकोत्सवका अवसरमा हामी हाम्रा समस्त पाठक, प्रबुद्ध लेखक, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १२ : २३ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय