चितवनमा साउनयता २२ वन्यजन्तु मरे « Khabarhub

चितवनमा साउनयता २२ वन्यजन्तु मरे


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर साउन यता चितवनमा २२ वन्यजन्तु मरेका छन् । यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे बाघ, तीन बँदेल र बाँकी चित्तल मरेका हुन् ।

वास्तविक तथ्याङ्क नराखिए पनि ४० प्रतिशत हाराहारी टिकौलीस्थित पूर्वपश्चिम राजमार्गमा सवारीको ठक्करबाट मारिएका हुन् ।

उमेर पुगेर, बाघको आक्रमणबाट, एकापसमा जुधेर पनि मरेका उनले जानकारी दिए । यसै अवधिमा विभिन्न ठाउँबाट १८ जनावरलाई उद्धार गरिएको छ ।

चित्तल, बँदेल, रतुवा, मृग, अजिङ्गर, जरायो, मलछाप्रोजस्ता जनावरलाई उद्धार गरिएको हो । लडेर घाइते भएका, जुधेर घाइते भएका, पासोमा परेका जनावरलाई उद्धार गरिएको उनले बताए ।

घाइते जनावरलाई पशु चिकित्सक डाकेर उपचारसमेत गरिएको छ । सामान्य घाइतेलाई निगरानीमा राखेर उपचारपछि बथानमा छाड्ने गरिएको छ ।

गत आर्थिक वर्षमा यसै क्षेत्रमा ३१ वन्यजन्तु मरेका थिए । सोमध्ये एउटा गैँडा र एउटा पाटेबाघ पनि रहेका थिए । त्यसै अवधिमा १६ जनावरलाई उद्धार गरिएको थियो । बरन्डाभार क्षेत्रमा दुवैपट्टि वन र बिचमा राजमार्ग रहेको छ । जनावर आवतजावत गर्दा दुर्घटना हुने गर्दछ ।

जिल्लामा ४३१ वटा कबुलियती वन, ९३ सामुदायिक वन, एउटा बरन्डाभार संरक्षण वन र पाँच धार्मिक वन रहेका छन् । टिकौलीपछि धेरै सवारी साधन आवतजावत हुने वन क्षेत्र नारायणगढ–मुग्लिन सडकखण्डको रामनगर क्षेत्र हो ।

सो क्षेत्रमा वन्यजन्तु आवतजावत गर्न सडकमुनि पुलको व्यवस्था गरिएको छ । गत वर्षहरुमा सो सडकमा वन्यजन्तु मरेका भए पनि यस वर्ष कुनै दुर्घटना नभएको खनालको भनाइ छ । टिकौलीमा बिग्रिएका सीसी क्यामेरा मर्मत गर्न सकिएमा दुर्घटनामा कमी आउने उनले जानकारी दिए ।

यसअघि दाताले क्यामेरा जडान गरिदिएको भए पनि मर्मतसम्भार हुन नसक्दा थन्किएका छन् । सीसी क्यामेरा हुँदा दुर्लभ वन्यजन्तुको सुरक्षासँगै आपराधिक गतिविधि रोक्नसमेत सहयोग पुगेको थियो ।

जिल्लाका राष्ट्रिय वनअन्तर्गतका क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश जनावार रहेका छन् । टिकौलीमा वन क्षेत्र पार गर्दा समय काड लागू गरेमा दुर्घटनामा कमी आउने खनाल बताउँछन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ८ : ३३ बजे

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो