पहिरोमा परी एक विद्यार्थीको मृत्यु « Khabarhub

पहिरोमा परी एक विद्यार्थीको मृत्यु


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।

पहिरोमा परी मृत्यु हुनेमा तुलसीपुरस्थित ग्रेट अरनीको इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत सल्यान त्रिवेणी गाउँपालिका–३ निवासी मदन पुन रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार बिदाको दिन आफ्नो घरतर्फ जाने क्रममा सोमबार राति अरिङ्गाले फेदीमा आएको पहिरोमा परी पुन गम्भीर घाइते भएका थिए।

पहिरोमा परी गम्भीर घाइते भएका पुनलाई स्थानीयले उद्धार गरी थप उपचारका लागि सुर्खेत लैजाने प्रयास गरेका थिए। तर, उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा सोही ठाउँका १८ वर्षीय सुनिल थापासमेत घाइते भएका छन्। पहिरोका कारण उनको बायाँ हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

थापाको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था र घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डमा वर्षायाममा पहिरो खस्ने समस्या दोहोरिँदै आएको छ। पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै यात्रु तथा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन्।

प्रहरीले वर्षायाममा उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ३ : ०४ बजे

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर