एन्फामा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट भएन (सूचीसहित) « Khabarhub

एन्फामा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट भएन (सूचीसहित)



काठमाडौँ– अखिल नेपाल फुटबल संघ(एन्फा)मा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ । विभिन्न व्यक्ति, संस्था तथा जिल्ला फुटबल संघले समय–समयमा विभिन्न शीर्षकमा लिएको पेश्की फछ्र्यौट गर्न बाँकी छ ।

एन्फामा आर्थिक वर्ष २०७६/०७७को असार मसान्तसम्ममा फछ्र्यौट हुन बाँकी पेश्की रकम ४ करोड ८९ लाख ७ हजार ५ सय ७२ छ ।

विश्व फुटबलको अभिभावक संस्था फिफा, एसियन फुटबल फेडेरेसन(एएफसी) र नेपाल सरकारको अनुदानबाट चल्ने एन्फाको खाताबाट विभिन्न शीर्षकमा गएको पेश्की लिने व्यक्तिले इमान्दारिता नदृखाइदिँदा फछ्र्यौट नगरेको एन्फा स्रोत बताउँछ ।

पेश्की रकम सबैभन्दा बढी फिफाको खाताबाट लिइएको छ । जसमा फिफाको खाताबाट २ करोड ६० लाख २७ हजार ३० रुपैया लिएको छ भने एन्फाको खाताबाट १ करोड ४६ लाख २४ हजार ५ सय ८ रुपैया छ।

यस्तै, एएफसीको खाताबाट ८२ लाख ५६ हजार ३४ रुपैया छ । फछ्र्यौट हुन बाँकी रहेको पेश्की रकम ३ महिना, ६ महिना, ९ महिना, १ वर्ष र १ वर्षभन्दा लामो समयदेखि बाँकी रहेको हो । एन्फाबाट पेश्की लिएर फछ्र्यौट नगर्नेमा पूर्व फुटबलर, एन्फा पदाधिकारी, जिल्ला संघ तथा विभिन्न सस्थाहरु छन् ।

एन्फाको अडिट रिर्पोटमा ५ लाखभन्दा बढी पेश्की लिनेको छुट्टै सूची बनाइएको छ । जसमा एन्फाका पदाधिकारीदेखि जिल्ला संघहरु छन् ।

पेश्की लिने कति व्यक्तिहरुले मृत्युवरणसमेत गरिसकेका छन् । तर, पनि उनीहरको नाममा एन्फाको पेश्की बाँकी छ ।

एन्फाको खाताबाट ५ लाखभन्दा बढी लिनेमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष कृष्णबहादुर थापा, सहायक कोषाध्यक्ष राजेन्द्र न्यौपाने लगायत १९ व्यक्ति तथा संस्था छन् ।

एन्फाका पूर्वकार्यवहाक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठ र पूर्वमहासचिव स्वर्गीय लोकबहादुर शाहीको नाममा पनि पेश्की फछ्र्यौट बाँकी छ ।

एन्फाका सहायक कोषाध्यक्ष राजेन्द्र न्यौपाने र पूर्व पदाधिकारी हरिप्रसाद रायमाझी लगायतका व्यक्तिहरुको पनि फछ्र्यौट हुन बाँकी छ । एन्फाका पदाधिकारी र जिल्ला संघहरुले विभिन्न कार्यक्रममा लिएको बजेट फछ्र्यौट नगर्दा समस्या भएको एन्फा स्रोत बताउँछ ।

पेश्की फछ्र्यौट गराउनै समस्या

एन्फामा जिल्ला र स्वर्गीय भइसकेका व्यक्तिहरुको नाममा रहेको पेश्की फछ्र्यौट गर्न समस्या भएको बताइएको छ । ‘हामीले फछ्र्यौटलाई प्राथमिकता दिएका छौं । तर, पनि कतिपय जिल्ला संघ भनेरमात्रै तोक्ता अहिले त्यसमा संघ मात्रै भनेको छ । तर, त्यतिबेलाका पदाधिकारी अहिले परिवर्तन भइसकेका छन्,’ एन्फा स्रोतले भन्यो, ‘कति मान्छेहरुले मृत्युवरण गरेका छन् । त्यस्तो अवस्थामा कसरी फछ्र्यौट गराउने ।’

जिल्ला संघमा कार्यसमिति परिवर्तन भएपछि त्यसको कार्यसमितिको जिम्मा नयाँले नलिइदिँदा समस्या भइरहेको उनको भनाइ छ ।

मेरो पेश्की बाँकी छैन – उपाध्यक्ष नेम्वाङ

एन्फा उपाध्यक्ष नेम्वाङले आफ्नो नाममा पेश्की फछ्र्यौट बाँकी नरहेको बताएका छन् । उनले आफुले एन्फाको लेखा शाखामा बुझ्दा फछ्र्यौट बाँकी नरहेको जानकारी पाएको बताएका छन् ।

‘मेरो पेश्की बाँकी छैन । मैले लेखामा सोधेको थिए । बाँकी रहेछ भने तिर्नुपर्‍यो भने, तर बाँकी छैन भनेका थिए,’ वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ९ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु