सरकारले द्वन्द्व निम्त्याउन खोज्यो : श्रेष्ठ « Khabarhub

सरकारले द्वन्द्व निम्त्याउन खोज्यो : श्रेष्ठ


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आन्दोलनमा उत्रिएका नेता–कार्यकर्तालाई पक्राउ गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार आमहड्तालका क्रममा रत्नपार्कमा पुगेका श्रेष्ठले आफुहरुको आन्दोलन शान्तिपूर्ण नै भएको र केही छिटफुट घटनाको छानविन आफै गर्ने पनि बताए । उनले पार्टीका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका नेतालाई पक्राउ गरेकाले यसबाट हुने परिणामको जिम्मेवार स्वयं सरकार हुने चेतावनी दिए ।

आमहड्तालको कार्यक्रम राख्दा दुःख लागेपछि जनताको अधिकार नै धरापमा पर्न लागेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उनको भनाइ छ । लोकतन्त्र र संविधानको रक्षा गर्न आमजनताको समर्थन आन्दोलनमा रहेको नेता श्रेष्ठले बताए ।

लोकतन्त्र र संविधानलाई सरकारले वेवास्ता गरेकाले सरकारले नै आन्दोलन गर्न बाध्य बनाएको उनको तर्क छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ३ : ४५ बजे

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।