कम्युनिस्ट आन्दोलनलाई स्वार्थसँग जोड्नेहरु 'बर्को ओढेर' बाटोमै बसेका छन् : प्रधानमन्त्री (भिडियोसहित) | Khabarhub Khabarhub

कम्युनिस्ट आन्दोलनलाई स्वार्थसँग जोड्नेहरु ‘बर्को ओढेर’ बाटोमै बसेका छन् : प्रधानमन्त्री (भिडियोसहित)


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष भएको आरोप लगाएका छन् ।

किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नाम नलिए पनि दाहाल–नेपाल पक्षका नेताहरूलाई लक्षित गर्दै कम्युनिस्ट आन्दोलनको विरोधी भएको आरोप लगाएका हुन ।

‘कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूला विरोधी कम्युनिस्टको बर्को बोकेर बाटोमा बसेका छन्। लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका विरोधी उनीहरु नै हुन’ उनले भने, ‘उनीहरुले नै कम्युनिस्ट आन्दोलन बिगारे । कम्युनिस्ट आन्दोलनलाई स्वार्थसँग जोडेर मात्रै हेरे।’

उनले किसान आन्दोलन सामाजिक जागरण र परिर्वतनको लागि भएको र हुने बताए । उनले कृषिमा आधुनिकीकरणका लागि सरकार लागिपरेको बताए ।

हेरौँ भिडियो

‘कृषि क्षेत्रमा अनुदान वास्तविकले पाएका छैनन्। त्यसमा हामीले निगरानी राखेका छौँ’ उनले भने, ‘कृषि क्षेत्रको विकास गर्नका लागि सरकारले अनुदानको व्यवस्था गर्छ। कृषि क्षेत्रको आधुनिकीकरण गर्नका लागि सरकार प्रयासरत छ ।’

कृषि क्षेत्रको विकासमा बाधक माधव नेपाल बनेको उनले आरोप लगाए। ‘हामीले काम गर्न भनेर आयोग घोषणा गर्न खोज्यो। उहाँ उफ्रिहाल्नुहुन्छ’ उनले भने, ‘कृषि र भूमिको क्षेत्रमा सबैभन्दा धेरै समस्या पार्ने नेता उहाँ नै हो।’

उनले गरिबको तरकारी फालेर दाहाल– नेपाल महान क्रान्तीकारी बन्न खोजेको समेत आरोप लगाए ।

उनले भने, ‘गरिबले बेच्न राखेको तरकारी सडकमा फालेर प्रचण्ड-माधवहरु महान क्रान्तीकारी बन्न खोज्दै हुनुहुन्छ । दुःख कष्ट गरेर उब्जाएको तरकारी सडकमा फालेर उहाँहरुले आफूलाई महान क्रान्तीकारी देखाउनुभयो ।’

दाहाल–नेपाल समूहको आमहड्ताललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले जनताका गाडीहरु जलाएर उनीहरु जनताको रमिता हेर्न गाडीमा हिडिरहेको  आरोप लगाए ।

‘जनतालाई सास्ती दिने गरी बन्द गर्ने अनि जनताले पाएको सास्ती हेर्न उहाँ (प्रचण्ड) गाडी चढेर रमिता हेर्न जानु भएछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्का माधव नेपाललाई गाडी चढेरै जान अलि शरम भएछ उहाँ बाइक चढेर रमिता हेर्न जानुभएछ।’

आमहड्तालमा कार्यकर्ता कम भएका कारण उनीहरु आफैं बन्दमा सहभागी भएको समेत ओलीली टिप्पणी गरे ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ५ : २१ बजे

इजरायली आक्रमणपछि इरानी आणविक केन्द्रमा कालो धुवाँको बाक्लो मुस्लो

काठमडौं– इजरायलले शुक्रबार सबेरै इरानमा आक्रमण गरेको छ । इजरायलले

सेती प्रादेशिक अस्पतालमै निःसन्तान उपचार केन्द्र सञ्चालन, साढे ७ हजारमै उपचार सेवा

धनगढी– सेती प्रादेशिक अस्पतालले निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा

प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित

मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए

नयाँदिल्ली- गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा

राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख 

पाटन– सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति