ओलीले अधिनायकवादी चरित्र देखाउन थालेको नेता नेपालको आरोप (भिडियोसहित) « Khabarhub

ओलीले अधिनायकवादी चरित्र देखाउन थालेको नेता नेपालको आरोप (भिडियोसहित)


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलेले एकपछि अर्को अधिनायकवादी चरित्र देखाउन थालेको आरोप लगाएका छन ।

आमहड्तालको निरिक्षण गर्न काठमाडौंका विभिन्न स्थानमा पुगेका अध्यक्ष नेपालले अहिलेका कामचलाउ प्रधानमन्त्री ओली संविधान मिच्दै अघि बढेको र एकपछि अर्को अधिनायकवादी चरित्र देखाउन थालेको आरोप लगाएका हुन ।

नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबर्जस्ती शपथ गराइएको भन्दै आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै गलत रहेको दाबी गरे ।

हेरौँ भिडियो

अधिनायकवादको विरुद्धमा जनतालाई विरोध जनाउनुस् भनेर आमहड्ताल आह्वान गरेको उनले बताए । उनले ओलीले प्रतिनिधिसभाको ‘हत्या’ गर्ने प्रयास गरेको र संविधान कुल्चने काम गरेको जिकिर गरे ।

आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट हस्तक्षेप भएको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ५ : ४१ बजे

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।