निर्वाचनको विकल्प छैन : मन्त्री रायमाझी « Khabarhub

निर्वाचनको विकल्प छैन : मन्त्री रायमाझी


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको विकल्प खोज्न नहुने बताएका छन ।

मुलुकको स्थायित्व र समृद्धिको कार्यभार पूरा गर्न नयाँ जनादेश अपरिहार्य भएको उनले बताए ।

कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा आज आयोजित कालीगण्डकी प्रशारण करिडोरको सवस्टेशन उद्घाटन समारोहमा नेकपा स्थायी समिति सदस्य रायमाझीले मुलुकको समृद्धि र स्थायित्वका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिए ।

उनले ऊर्जामा मुलुक आत्मनिर्भर बन्दै गएको बताउँदै निर्माणाधिन सबै विद्युत् आयोजनाहरु सम्पन्न भएपछि निर्यात गर्न सकिने बताए ।

उनले नेपालमा २० वर्षमा ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी कार्ययोजना बनेको बताए । उनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले नेपालकै दोस्रो ठुलो कालीगण्डकी प्रशारण करिडोरको खुर्कोट–दाना सम्पन्न भएपछि धौलागिरिवासीमा खुसियाली छाएको दाबी गरे । उनले गण्डकी प्रदेश सरकार विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र सडक पूर्वाधारले समृद्ध बन्नेगरी दिगो योजनाका साथ अघि बढेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य कल्पना चापागाइँ, प्रतिनिधि सभाका पूर्व सांसद पदम गिरीलगायतले समृद्धिको कार्यभारसहित अघि बढेको केपी ओली नेतृत्वको सरकारलाई काम गर्न नदिने अवस्था आएपछि संसद् विगठन गर्नुपरेको बताए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ७ : १७ बजे

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण

तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी