दाहाल–नेपाल गठबन्धन ‘अपवित्र’ : उपप्रधानमन्त्री पोखरेल (भिडियोसहित) « Khabarhub

दाहाल–नेपाल गठबन्धन ‘अपवित्र’ : उपप्रधानमन्त्री पोखरेल (भिडियोसहित)


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपालबीचको गठबन्धन ‘अपवित्र’ रहेको आरोप लगाएका छन ।

बिहीबार नेकपा वाग्मती प्रदेश कमिटीद्वारा आयोजित स्वयंसेवक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माधव नेपालले सधैँ पार्टीभित्र कुण्ठामात्र पाल्ने गरेको भन्दै प्रचण्ड–नेपालबीचको गठबन्धन पनि अपवित्र रहेको बताएका हुन ।

हेरौँ भिडियो

उनले माधव नेपालको विचारहरु कुण्ठाको भारी बोकेको एउटा पात्रले बोल्ने बिचार रहेको बताए । अन्तरविरोधमा खेल्ने प्रचण्ड र कुण्ठामा रमाउने माधव नेपालको गठबन्धनलाई पराजित गर्दै लैजाने उनले उल्लेख गरे ।

पोखरेलले सानातिना समस्यालाई पाखा लगाएर पार्टी एकीकरण नै गराउन प्रधानमन्त्री केपी शर्मा ओली सफल भए पनि सरकार र पार्टीलाई आफ्नै नेताहरुबाट असहयोग मात्र मिलेको उल्लेख गरे ।

उनले पार्टीमा भागबण्डा खोजेकै कारण संवैधानिक आयोगमा लामो समय नियुक्त गर्न नसकिएको भन्दै प्रचण्ड–नेपाल पक्ष बाहिरिएसँगै सहज रुपमा आयोगले पूर्णता पाएको तर्क गरे ।

कार्यक्रममा नेकपा ओली पक्षका नेता महेश बस्नेतले अराजकतातर्फ लैजाने प्रवृत्तिलाई परास्त गर्न आफूहरु सफल हुने दावी गरेका थिए ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ७ : ३६ बजे

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि सरकारलाई पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की