ब्लड बैंकको तयारीमा सोनू « Khabarhub

ब्लड बैंकको तयारीमा सोनू


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बईं– बलिउड अभिनेता सोनू सूदले कोरोना भाइरसको महामारीका समयमा समाजसेवाको जुन मिसन सुरु गरे, त्यो अलग–अलग रुपले अहिले पनि जारी छ । अब सोनूले देशको सबैभन्दा ठूलो ब्लड बैंक बनाउने योजना बनाएका छन् ।

सोनुले हालैमात्र एक भिडियो सामाजिक सञ्जालमा राख्दै यो कुराको खुलासा गरेका हुन् । उनले रगतको आवश्यकता परेका व्यक्तिलाई जोड्नका लागि बैंक सुरुवात गर्न लागेको बताएका छन् ।

दैनिक जागरणका अनुसार भारतमा हरेक घण्टा १२ हजार मानिसहरु रगतको अभावमा मृत्युवरण गरिरहेकाले त्यो बीस मिनेटमा जोकोहीलाई पनि बचाउन सकिने भन्दै सोनुले ब्लड बैंक शुरुवात गर्न लागेका हुन् । ‘आउनुहोस्, ज्यान बचाऊँ । तपाईंको आफ्नो ब्लड बैंक चाँडै आउँदैछ’, उनले लेखेका छन् ।

सोनूले यो अभियानका लागि ‘सोनू फर यू’ नामको एक एप सार्वजनिक गर्दैछन्, जो रक्तदातालाई अत्यावश्यक रगत चाहनेसँग जोड्ने काम गर्छ । यो बैंकका माध्यमबाट दुर्लभ रक्त समूहको रगत उपलब्धतामा सुनिश्चित हुने सोनूको दाबी छ ।

सोनूले यो एपको योजना उनको साथी जोनसनको साथ मिलेर बनाएका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : १५ बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ