स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते « Khabarhub

स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्टकहोम– स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान शुरु गरेको छ ।

बिहीबार बिहान प्रहरीले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा सात व्यक्ति घाइते भएको जनाउँदै तर विस्तृत विवरण भने दिइएको छैन ।

बीस वर्षको आसपासका ती शंकास्पद व्यक्तिलाई प्रहरीले अस्पताल पुर्‍याएको छ । बुधबार अपराह्न भएको उक्त आक्रमणपछि प्रहरीले ती आक्रमणकारीलाई गोली हानी नियन्त्रणमा लिएको थियो ।

एएफपीसँग कुरा गर्दै प्रहरीले घटनामा ती व्यक्तिले तिखो हतियार प्रयोग गरेको जनाएको छ । प्रहरीले शुरुमा उक्त घटनालाई हत्या प्रयासको संज्ञा दिँदै शंकास्पद आतंकवादी अपराधका रुपमा अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ ।

स्थानीय जोन्कोपिङ अस्पतालले घाइतेमध्ये तीन जना सख्त घाइते अवस्थामा रहेका तथा अन्य दुई जनाको चोट निकै गम्भीर प्रकृतिको रहेको जनाएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै क्षेत्रीय प्रहरी प्रमुख मलेना ग्रानले उक्त आक्रमणको घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

आक्रमणकारी स्थानीय व्यक्ति रहेका र विगतमा पनि सानातिना अपराधका कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले ती व्यक्ति स्वेडीस नागरिक हो वा होइन भन्ने बारेमा केही खुलाएको छैन ।

स्वेडीस प्रधानमन्त्री स्टेफान लफभेनले उक्त आक्रमणको घटनाको निन्दा गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

पछिल्ला वर्षहरुमा स्वीडेनमा आतंकवादी आक्रमणका घटना दोहोरिन थालेका छन् । सन् २०१० डिसेम्बरमा राजधानी स्टकहोममा एक व्यक्तिलाई आत्मघाती बम बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।

सन् २०१७ को अप्रिलमा एकजना उज्बेक नागरिकले ट्रक चोरी गरेर मानिसको भिडमा कुदाएका थिए । त्यस घटनामा पाँच जनाको ज्यान गएको थियो । उनी अहिले आजीवन कारावासको सजाय भोगिरहेका छन् । रासस/एएफपी

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ४ : १० बजे

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को