‘कोई जाने न’ गीतमा आमिरको ‘हिप्स्टर’ लुक्स « Khabarhub

‘कोई जाने न’ गीतमा आमिरको ‘हिप्स्टर’ लुक्स


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता आमिर खान चाँडै नै एक साइकोलोजिकल थ्रिलर फिल्म ‘कोई जाने न’मा एक विशेष गीतमा फरक लुक्समा देखिँदैछन् । उनले यो गीतका लागि आफैंले लुक्सको डिजाइन गरेका छन् ।

बलिउड हंगामामा प्रकाशित समाचार अनुसार आमिरका लागि यो गीत केही कारणले विशेष छ । अमीन हाजीले निर्देशन गर्न लागेको यो उनको करियरको पहिलो फिल्ममा कुणाल कपूर र अमायरा दस्तुर प्रमुख भूमिकामा देखिनेछन् ।

फिल्ममा आमिरको स्पेसल केमियो हुनेछ । फिल्ममा एली अबरामका साथ आमिरको एक डान्स नम्बर छ, जुन गीतको सुटिङ केही दिन अघि मात्र जयपुरमा भएको थियो ।

आमिरले कूल, केजुअल हिप्स्टर वाइबका साथ एक लुक डिजाइन गरेका छन् । यो गीतको सुटिङमा उनी निकै रमाएको फिल्म युनिटले जनाएको छ ।

यो गीतको सुटिङकै लागि आमिरले आफ्नो फिल्म ‘लालसिंह चड्डा’को सुटिङ तालिकाबाट सानो ब्रेक लिएका थिए । अमीन आमिरका निकै नजिकका साथ हुन् ।

‘आमिर आफ्ना हरेक प्रोजेक्टमा आफैं एलिमेन्ट जोड्नका लागि खप्पिस छन् । जब उनले गीतको प्लट पोइन्ट र उद्देश्य बुझे, त्यसपछि उनले आफैं चिल–केजुअल, हिप्स्टर लुक हुनुपर्ने सुझाव दिए’, फिल्मका एक सदस्यले भनेका छन् ।

आमिरले यो डिजाइनलाई रिफाइन गरेपछि आफ्नो डिजाइनको बारेमा अमीनसँग सल्लाह गरेका थिए । आमिरको अवधारणा मनपरेपछि अमीनले नाइँ भन्न सकेनन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ३ : ३० बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको