‘कोई जाने न’ गीतमा आमिरको ‘हिप्स्टर’ लुक्स « Khabarhub

‘कोई जाने न’ गीतमा आमिरको ‘हिप्स्टर’ लुक्स


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता आमिर खान चाँडै नै एक साइकोलोजिकल थ्रिलर फिल्म ‘कोई जाने न’मा एक विशेष गीतमा फरक लुक्समा देखिँदैछन् । उनले यो गीतका लागि आफैंले लुक्सको डिजाइन गरेका छन् ।

बलिउड हंगामामा प्रकाशित समाचार अनुसार आमिरका लागि यो गीत केही कारणले विशेष छ । अमीन हाजीले निर्देशन गर्न लागेको यो उनको करियरको पहिलो फिल्ममा कुणाल कपूर र अमायरा दस्तुर प्रमुख भूमिकामा देखिनेछन् ।

फिल्ममा आमिरको स्पेसल केमियो हुनेछ । फिल्ममा एली अबरामका साथ आमिरको एक डान्स नम्बर छ, जुन गीतको सुटिङ केही दिन अघि मात्र जयपुरमा भएको थियो ।

आमिरले कूल, केजुअल हिप्स्टर वाइबका साथ एक लुक डिजाइन गरेका छन् । यो गीतको सुटिङमा उनी निकै रमाएको फिल्म युनिटले जनाएको छ ।

यो गीतको सुटिङकै लागि आमिरले आफ्नो फिल्म ‘लालसिंह चड्डा’को सुटिङ तालिकाबाट सानो ब्रेक लिएका थिए । अमीन आमिरका निकै नजिकका साथ हुन् ।

‘आमिर आफ्ना हरेक प्रोजेक्टमा आफैं एलिमेन्ट जोड्नका लागि खप्पिस छन् । जब उनले गीतको प्लट पोइन्ट र उद्देश्य बुझे, त्यसपछि उनले आफैं चिल–केजुअल, हिप्स्टर लुक हुनुपर्ने सुझाव दिए’, फिल्मका एक सदस्यले भनेका छन् ।

आमिरले यो डिजाइनलाई रिफाइन गरेपछि आफ्नो डिजाइनको बारेमा अमीनसँग सल्लाह गरेका थिए । आमिरको अवधारणा मनपरेपछि अमीनले नाइँ भन्न सकेनन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ३ : ३० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,