सोह्र वर्षपछि ‘आँधी तुफान २’ घोषणा « Khabarhub

सोह्र वर्षपछि ‘आँधी तुफान २’ घोषणा


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१६ वर्ष अघि निर्माण भएको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेल ‘आँधी तुफान २’ बन्ने भएको छ । नयाँ कलाकार लिएर निर्माण युनिटले सिक्वेलको घोषणा गरेको हो ।

काठमाडौंमा बिहीबार पत्रकारमाझ फिल्मका कलाकारसहितको टिम सार्वजनिक गरियो । नारी प्रधान सस्पेन्स थ्रिलर फिल्ममा मदन घिमिरेको निर्देशन रहनेछ ।

फिल्मका प्रस्तुतकर्ता तथा लेखक मौनता श्रेष्ठले एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन युवतीको कथालाई फिल्ममा देखाइने बताए । ‘अघिल्लो संस्करणको फिल्म भन्दा यो फिल्म केही पृथक हुनेछ’, उनले भने ।

फिल्ममा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पूनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बीसी, जोया वुढाथोकी, रुपा केसी, सरोज दाहाल, विन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालिराजको अभिनय रहनेछ ।

रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत हुने फिल्ममा कमल राईको नृत्य, प्रेम चुल्ठेको एक्सन, हरि उप्रेती र दिनेश सुवेदीको गीत रहनेछ ।

फिल्मको छायांकन चैतमा गरिनेछ । अघिल्लो संस्करणको फिल्ममा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने प्रमुख भूमिकामा थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ४ : २० बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश