देख्न नखोज्नेहरुले आफ्नै अगाडिको विकास पनि देखेनन् : प्रधानमन्त्री ओली « Khabarhub

देख्न नखोज्नेहरुले आफ्नै अगाडिको विकास पनि देखेनन् : प्रधानमन्त्री ओली

'म मधेश विरोधी होइन'


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

 

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश पस्न नदिए पनि सिँचाइका लागि पानी पसाएरै छाड्ने बताएका छन् ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यको बिहीबार सिन्धुली जिल्लामा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू मधेश विरोधी नभएको दोहोर्‍याए ।

‘केपी ओलीलाई मधेश विरोधी भन्थे । केपी ओलीलाई पस्न नदिए हुन्छ ।’ उनले भने, ‘तर केपी ओलीले तपाईंका खेतमा पानी भने पसाउँछ । तपाईंका सुख्खा खेतलाई चिसा चाहिँ बनाइ दिन्छ केपी ओलीले ।’

‘म मुख्यमन्त्रीमार्फत तराई मधेशमा खबर पठाउन चाहन्छु, केपी ओलीलाई पस्न नदिए पनि हुन्छ । तर, पानी पस्न चाहिँ नरोक्नु होला ।’ उनले भने ।

यो आयोजनापछि अर्को आयोजना सुनकोशी कमला डाइभर्सनको निर्माण गरिने बताउँदै उनले भने, ‘उक्त आयोजनाले धनुषा, सिरहा, सप्तरी जिल्लाको करिब १ लाख ७० हजार बिघा जमिनमा सिँचाइ गर्छ ।’

यो आयोजनाले १ लाख ७० हजार बिघा जमिनमा सिँचाइ हुन थालेपछि प्रदेश २ का मधेशका जनताले आफैँ नगरा बझाउने उनले बताए । उनले भने, ‘त्यसपछि कुनै राजनीतिक पार्टी चाहिँदैन, जनता आफैँले नगरा बझाउने छन् ।’

प्रधानमन्त्री ओलीले देख्न नखोज्नेहरूले धमाधम भइरहेको विकास निर्माणलाई नदेखको बताए ।

‘मदन भण्डारी राजमार्ग यहीँबाट गइरहेको छ, देख्न नखोज्नेहरुले मास्तिरको डिलबाट गइरहेको मदन भण्डारी राजमार्ग देख्दैनन्,’ उनले भने, ‘देख्न नखोज्नेहरुले यो अगाडिको पुल पनि देख्दैनन् । देख्न नखोज्नेहरुले अरु विकास पनि भएको देख्दैनन् । तर, अब जनतलाई कसैले अलमल्याउन सक्दैन ।’

सिन्धुली जिल्लाका कलाकार टिमलाई बाद्यबाधन तथा भेषभुषा किन्नका लागि डेढ लाख रुपैयाँ सहयोग दिने घोषणा गरे ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ३ : ३२ बजे

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको