‘फाइनप्रिन्ट फिभर’मा साहित्यिक बहस « Khabarhub

‘फाइनप्रिन्ट फिभर’मा साहित्यिक बहस


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ ।

यो कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहने फाइनप्रिन्टले जनाएको छ । फाइनप्रिन्टका अनुसार कार्यक्रममा लेखकका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् ।

‘हामीलाई लाग्छ, यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउनेछ । बौद्धिक बहसको एउटा क्रमलाई निरन्तरता दिनेछ । कोभिडले ल्याएको मानिस–मानिसबीचको दूरी हटाउनेछ । भावनात्मक एकता ल्याउन सघाउनेछ’, फाइनप्रिन्टका अजित बराल भन्छन् ।

कार्यक्रम चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको हो । कार्यक्रम निःशुल्क गरिने आयोजकले जनाएका छन् ।

कार्यक्रममा ‘एक ज्यान दुई जुनी’का लेखक देवेन्द्रराज पाण्डे, ‘गुमनाम आमाहरूको कथा’का लेखक डा. बाबुराम भट्टराई, ‘जिजीविषा’की लेखक मनीषा कोइराला, ‘देश देशावर’का लेखक जीवा लामिछाने, ‘पुँजीवाद र स्वतन्त्र समाजका आधारशिला’का अनुवादक मुराहरि पराजुली, ‘क’का लेखक असीम सागर, ‘कबाल्स एन्ड कार्टेल्स’का लेखक राजीव उपाध्याय, ‘बिटविन क्विन्स एन्ड द सिटिज’का लेखक निरञ्जन कुँवर र ‘रहर’का लेखक सुरेश बडालको सहभागिता रहनेछ ।

कार्यक्रममै रवीन्द्र मिश्रको नयाँ कृति ‘राजनीतिसँगै राजकाज’ पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्नेछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ५ : ०० बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय