राष्ट्रियसभा अन्तर्गतका समितिले प्रभावकारी काम गरेको अध्यक्ष तिमल्सिनाको दाबी « Khabarhub

राष्ट्रियसभा अन्तर्गतका समितिले प्रभावकारी काम गरेको अध्यक्ष तिमल्सिनाको दाबी


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले प्रभावकारी ढंगले काम गरिरहेको बताएका छन्।

राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा संसद सचिवालयले बिहीबार काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले प्रतिनिधिसभा विघटनको समयमा पनि राष्ट्रियसभा अन्तर्गतको समितिले निरन्तर काम गरेको र अहिले पनि आफू मातहतका गतिविधीहरु निरन्तर भइरहेको बताएका हुन् ।

राष्ट्रिय सभामा दर्ता भएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी अन्तर्गतको पार्लिमो प्रोटोकललाई पनि पारित भएको भन्दै उनले राष्ट्रिय र जनताका सवालमा राष्ट्रिय सभा सदस्यहरुले सकारात्मक भूमिका खेलेको जिकिर गरे ।

त्यस्तै उनले समितिमा हुने दोहोरोपनालाई हटाउन अध्ययन र छलफलको खाँचो रहेको धारणा राखे । संघीय संसदलाई सफल बनाउन संसद सचिवालयदेखि सबै सरोकार निकायको भूमिका अपरिहार्य रहेको उनले बताए ।

त्यस्तै अध्यक्ष तिमिल्सिनाले अहिलसम्म २ सय २२ वटा बैठक बसेको र ४१ वटा विधेयकहरू दर्ता भएको जानकारी दिए । त्यस्तै १६ वटा विधेयक प्रमाणीकरण भइसकेको उनले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १० : ५९ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणतर्फ

बागलुङ– गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९

आज विश्व मातृ पृथ्वी दिवस मनाइँदै, दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ– दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व