विदेशबाट फर्केकालाई मेगा बैंकले १० लाखसम्म सहुलियत कर्जा दिने « Khabarhub

विदेशबाट फर्केकालाई मेगा बैंकले १० लाखसम्म सहुलियत कर्जा दिने


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशबाट फर्केकाले मैगा बैंकबाट १० लाख रुपैयाँसम्मको कर्जा पाउने भएका छन्। मेगा बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली, रिटर्नी माइग्रेन्टका तर्फबाट अध्यक्ष उत्तम अधिकारी र मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौतानुसार रिटर्नी नेपालले आफ्ना सदस्य उद्यमीहरुलाई सिफारिस गर्ने र मेगा बैंकले अधिकतम १० लाखसम्मको कर्जा प्रवाह गर्ने छ। साथै, मेगा क्यापिटलले उद्यमीहरुको परियोजना प्रस्ताव तयार गर्ने, वित्तीय साक्षरता तथा व्यवसायिक परामर्श प्रदान गर्ने कार्य गर्ने छ।

सो अवसरमा बैंकका तर्फबाट बिना झन्झट सेवाग्राहीलाई सेवा उपलब्ध गराउने र त्यसका लागि असल उद्यमी सदस्यको पहिचान गरि संस्थाले गर्ने सिफारिस महत्वपूर्ण हुने प्रमुख कार्यकारी अधिकृत खुन्जेलीले बताएकी छन्।

हस्ताक्षर कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपालको तर्फबाट यसअघि विभिन्न बैंकसंग भएका सम्झौता कार्यन्वयनका क्रममा देखिएका जटिलता दोहोरिन नदिन बैंकको उच्च नेतृत्व सचेत रहनुपर्नेमा जोड दिइएको थियो।

रिटर्नीले बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वदेशमै उद्यमी बन्न संगठित गर्दै क्षमता विकास, सामुहिक लगानीमा प्रोत्साहनका साथै सहुलियत कर्जामा सहजीकरण गर्दै आइरहेको जनाएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : ३६ बजे

वर्खे झरीसंगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च 

मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण पानीजन्य तथा

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई)

किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति

किभ– रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं– बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको

सांसदहरूसँग एमाले अध्यक्ष ओलीलगायत नेताको छलफल (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरूसँग अन्तरक्रिया गरेको छ