संसद सचिवालयलाई ‘दाहाल-नेपाल’ समूहको पत्र- ओलीका कामकारबाहीलाई मान्यता नदिनू « Khabarhub

संसद सचिवालयलाई ‘दाहाल-नेपाल’ समूहको पत्र- ओलीका कामकारबाहीलाई मान्यता नदिनू


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाएकोबारे संसद् सचिवालयलाई जानकारी गराएको छ ।

बिहीबार प्रमुख सचेतक देव गुरुङसहित सुरेन्द्र पाण्डे, पम्फा भुसाललगायत नेताहरू सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई पत्र पठाउँदै प्रधानमन्त्री ओली पार्टी सदस्य नै नरहेकाले संसदीय दलको नेताका रुपमा रहन नसक्ने भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेका छन् ।

पत्रमा प्रचण्डले १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको उल्लेख गरेका छन् ।

‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु ।’ पत्रमा भनिएको छ, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

पार्टीका कुनै सदस्यलाई निश्कासनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्नसक्ने संसदीय दलको विधानसमेत रहेका भन्दै पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको पत्रमा उल्लेख छ।

यस्तो छ पत्र

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : ५१ बजे

तेरियाको डेब्यू फिल्म ‘मितज्यू’को ट्रेलर यस्तो बन्यो

काठमाडौँ- नायकद्वय दयाहाङ राई र सौगात मल्ल शीर्ष भूमिकामा रहेको

चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ?

हङझाउ – चीनले शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँच

टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

काठमाडौँ– टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि

होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण

बाँके– कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

तनहुँ– तनहुँको देवघाट गाउँपालिका–४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती