अर्थतन्त्रको आकार केही बढ्ने अनुमान | Khabarhub Khabarhub

अर्थतन्त्रको आकार केही बढ्ने अनुमान


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ आधार वर्ष लागू भएपछि हालको अर्थतन्त्रको आकार केही बढ्ने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले कूल गार्हस्थ उत्पादन गणनाको आधार वर्ष परिवर्तन भएको हो । विभागमा आज आयोजित कार्यक्रममा हालको राष्ट्रिय लेखा तथ्याङ्कको गणना गर्दाको आधार वर्ष सन् २०००/०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरेको जानकारी दिइएको हो ।

अबदेखि सन् २०१०/११ को आधारमा विगत तथा आगामी वर्षको स्थिर मूल्यमा गणना र मापन गरिने छ । सम्पूर्ण गणनाको आधार वर्ष सन् २०१०÷११ लाई कायम गरिएको छ ।

अर्थतन्त्रमा नयाँ क्षेत्र उदाउँदै गरेको र परिवेश फेरिएको भन्दै विभागले सन् २०१०/११ लाई नयाँ आधार वर्ष निर्धारण गरेको हो । अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै नयाँ आधार वर्ष परिवर्तन गरिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । यो नेपालको इतिहासमा पाँचौँ आधार वर्ष हो ।

दुई दशक पुरानो मूल्य आधारबाट अहिलेको वास्तविक अर्थतन्त्रको मापन कठिन भएकाले आधार वर्ष परिवर्तन गरिएको उनले बताए ।

यसैबीच नयाँ आधार वर्ष बमोजिम आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ । गत आवमा वार्षिक आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको हो ।

यस वर्ष प्रतिव्यक्ति आय एक हजार १३४ अमेरिकी डलर रहेको विभागले जनाएको छ । नयाँ आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार रु ३९.४३ खर्ब पुगेको विभागले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १० : ०० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम