लागुऔषधसहित एक पक्राउ « Khabarhub

लागुऔषधसहित एक पक्राउ


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको हो।

पर्साबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६३७७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बिहान जाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको विषयमा अहिले महानगरीय प्रहरी वृत थानकोटले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

यसैबीच बुधबार पनि काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ९०० एम्पुल नोर्फिन, ९०० एम्पुल फेनारगन र ९०० एम्पुल डाइजेपामसहित बाराका १९ वर्षीय सोनुकुमार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ७४५० नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार यादवलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै परिसरले आज एक सूचना जारी गरी २२ तोला बराबरको अवैध सुनको सिक्रीसहित भारतीय नागरिक तपस सस्मललाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १० : १५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय